लघुकथाः लकडाउन

-ऋषि तिवारी
शुक्रबार ११ माघ, २०८१
२ वर्षअघि

‘सहरदेखि दुई-तीन किलोमिटर पर मेरो गाउँ थियो ।’

गाउँको खोला किनारामा सुकुम्वासी बनेर दुवै किनारातिर घर बाँधेर बसेका थिए हाम्रै गाउँघर समाजका पिछडिएका मुसहर दाजुभाइहरू ।

Advertisement

बिहान कोही जमिन्दारको घरमा हरुवा चरुवाको काम गर्थे भने कोही सहर पसेर काम गरी साँझमा घर फर्किन्थे ।

लकडाउनको परिस्थितिको सामना भनेको उनीहरूको जहान बाल बच्चाको भोको पेट । काम भने लुकीछिपी गर्थे ।

एकदिनको लकडाउनको सदुपयोग गरी गाउँतिर सोझिएको थिएँ म ।

मर्निङवाकको सेरोफेरो गर्दै आफ्नै गाउँघरको सम्झनाले उतै तान्यो । गाउँको सुन्दरता र स्वच्छ हावाले पनि मलाई चिनिसकेको थियो ।

म हुर्केको माटोले पनि मलाई चिनिसकेको थियो । कतिखेप हावाको झोकाले स्वा गर्दा एउटा कान थापेर, अर्को कानबाट हावा बाहिरिएको स्मृति ताजै थियो ।

कतिखेप माटोले लडाएको अनि धुलो झार्दै उठेको पनि स्मृति मेरो माटोले पनि दिएकै हो ।

खोलाको पुल किनारामा उभिरहेको थिएँ । खेकी भौजी, दाउरा टिपेर त्यही पुलबाट जाँदै थिइन् ।

घुरिएर हेरिन् भनिन्, ‘बबुवा तपाईं रन्जन होइन ?’ मैंले प्रति उत्तर दिएको थिएँ, ‘हो भौजी, म तपाईंकै सानो बबुवा रन्जन हुँ ।’

‘बबुवा हिँड्नुस्, हाम्रो घरतिर ।’ भौजीको जवाफ लत्याउन सकिनँ, लागे पछिपछि ।

केटाकेटी थिएनन् त्यतिबेला जब म गाउँ छोडेर सहर पसेको थिएँ । अहिले भौजीको कोख भरिएर पनि धेरै छोरा छोरी भइसकेका रहेछन् । चकलेट न कुनै सामाग्री बोकेको थिएँ । आफैं लकडाउनको मार खेप्न नसकेर गाउँतिर त्यतिकै दौडिएको थिएँ ।

कुर्सीमा बसेको छु थचक्कै । भौजी गाईको गोबरले आँगन लिप्दै थिइन् । मनमनै सोच्दै थिएँ, ‘के यो गाईको गोबरले कोरोना भाइरस रोक्ला त ?’

यत्तिकैमा मोबाइलमा घण्टी बजेछ, मोबाइलमा छोरी बोल्दै थिईं,’बाबा आज कति धेरै मर्निङवाक गरेको ? भात खानेबेला भैसक्यो त ?’

यी मेरा बचेरालाई के थाहा, ‘बाबा गाउँघरतिर कोरोना भाइरसको औषधि पत्ता लगाउँन पो हिँडेका हुन् कि ?’

● ●
विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७६|१२|१३

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको आदिवासी जनजाति खुला सदस्यमा तीर्थ लामाको अग्रता कायमै
मङ्गलबार २७ असोज, २०८३
सहमहामन्त्री महिला पदमा प्रतिमा गौतमको मत ३ हजार नाघ्यो
मङ्गलबार २७ असोज, २०८३
कांग्रेस नेतृत्वमा समावेशिता खोइ? अमरेशकुमार सिंहको प्रश्न
मङ्गलबार २७ असोज, २०८३
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०