नातिको रोगबाट त्रसित छन् ग्रामथानका गौतम दम्पत्ति !

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० माघ, २०८१
२ वर्षअघि

विराटनगर । वृद्ध उमेरका चेतप्रसाद गौतम र उनकी श्रीमती गोमा घरिघरि भक्कानिन्छन् ।

सानैदेखि काखमा हुर्काएको नाति गम्भीर रोगले थलिएपछि ग्रामथान गाउँपालिका-७ नेताचोकका गौतम दम्पतीको अहिले होस्–हवास उडेको छ ।

Advertisement

१८ वर्षीय नाति अभिनाष बराल ललितपुरको जावलाखेल ब्लड क्यान्सर हस्पिटलमा मृत्युसँग जुधिरहँदा यी गौतम दम्पत्ति छट्पटाइरहेका छन् ।

हुन पनि आफ्नो आँगनमा खेलेर हुर्किएको नाति मृत्युसँग संघर्ष गरिरहँदा कुनचाहिँ हजुरबुबा–हजुरआमाको मन पोल्दैन होला र !

उदयपुरको नेपालटार घर भए पनि आमा र बहिनीसँगै मामाघरमा बस्दै आएका अभिनाश कक्षा १२ मा पढ्दै छन् ।

गत पुसको दोस्रो सातातिर अभिनाष अध्ययनरत सुकुना क्याम्पसले शैक्षिक भ्रमणमा पोखरालगायत विभिन्न ठाउँ पुर्‍यायो ।

त्यहाँबाट फर्किएपछि अभिनाषलाई खोकी लागिरहन्थ्यो ।

नगर अस्पतालमा चेकजाँच गराउँदा उनको ब्लडमा इन्फेक्सन भएको रिपोर्ट आयो ।

नगर अस्पतालले रिफर गरेअनुसार विराट टिचिङमा ल्याएर अभिनाषको पुनः परीक्षण गरियो ।

उक्त परीक्षणपछि भने अभिनाषको मामाघरमा सन्नाटा छाएको छ ।

विराटमा चेकजाँचपछि नेताचोक फर्किएकी अभिनाषकी आमा देवका बरालले माइतीमा वृद्ध उमेरका बुबा आमालाई विष माग्न थालेपछि हात–गोडा कमाएका गौतम दम्पत्ति अझै निराश छन् ।

नातिको रोग निको हुनेमा उनीहरू ढुक्क त छन् तर उपचार खर्च जुटाउन नसक्दा गौतम दम्पित्ति अत्यासमा छन् ।

व्हाइट ब्लड सेल ड्यामेज भएर थलिएका अभिनाषको उपचार रक्तरोग विशेषज्ञ डा. विशेष पौडेलले गरिरहेका छन् ।

उनकी आमा देवकाका अनुसार अभिनाषको उपचारमा करिब ३० लाख रुपैयाँ खर्च हुन्छ ।

जसमा बोनम्यारो ट्रान्स्प्लान्टका लागि १५ लाख खर्च लाग्ने उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

हालसम्म जेनतेन पाँच लाख रुपैयाँ खर्च जुटाउन सफल उनीहरूले अभिनाषको जीवन बचाइदिन सबैतिर हार–गुहार गरिरहेका छन् ।

चेतप्रसाद र गोमा केही वर्षयता नेताचोकमा भाडाको घर लिएर बस्छन् ।

वार्षिक ३६ हजार घरभाडा तिर्दै आएका उनीहरूले अरूको खेत अधियाँमा कमाउँदै आएका छन् ।

गौतम दम्पतीका दुई छोरा हालैमात्र वैदेशिक रोजगारका लागि विदेश गएका छन् ।

उनीहरूले आफू जाँदा लागेको ऋण पनि तिरिसकेका छैनन् ।

अभिनाषका बुबा दिलनाथ बराल पनि मलेसियामा छन् ।

तर, आमाबीचको चिसिएको सम्बन्धले मामाघरमा बस्दै आएका अभिनाषको उपचार खर्च जुट्न सकेको छैन ।

आफ्नो नातिको ज्यान जोगाइदिन ६७ वर्षीय चेतप्रसादको अपिल छ ।

‘मेरो नातिको जीवन बचाइदिन म सबैसँग आग्रह गर्छु,’ चेतप्रसाद भन्छन्, ‘एउटै नाति हो मेरो । होटल म्यानेजमेन्ट पढ्दै थियो । केही बनेर एक्ली आमालाई पाल्छ होला भनेको त रोगले लडायो ।’

अभिनाषले पछिल्लो १४ दिनयता किमो थेरापी गराइरहेका छन् ।

यो प्रक्रिया पूरा गर्न पनि खर्च अभाव भएको अभिनाषकी हजुरआमा गोमा बताउँछिन् ।

लाउँलाउँ-खाउँखाउँ भन्ने उमेरमा रोगले थलिएका अभिनाषलाई निको बनाउनका लागि आर्थिक रूपमा सहयोग गरिदिन परिवारको अपिल छ ।

यता, स्थानीय समाजसेवी अर्जुन गिरीले अभिनाषको उपचारका लागि आर्थिक जोहो जुटाउने अभियान चलाउने बताउँदै सबैलाई यसमा सहभागी हुन अपिल गरेका छन् ।

यस्तै, ग्रामथान-७ का वडाध्यक्ष वीरेन्द्र चौधरीले अभिनाषको उपचारमा आफ्नो आधा सुविधा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

अहिलेलाई आठ हजार पाँच सय रुपैयाँ व्यक्तिगत रूपमा सहयोग गर्ने बताउँदै उनले पालिकाबाट पनि अभिनाषको उपचारमा सहयोग जुटाउन पहल गर्ने उनको भनाइ छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
म्याग्दीमा पहिरोमा परी तीन जनाको मृत्यु, दुई जनाको हेलिकप्टरबाट जीवितै उद्धार
आईतबार ११ असोज, २०८३
मनाङको हिमलुङ हिमालमा हिमपहिरो, १० जना बेपत्ता
आईतबार ११ असोज, २०८३
हर्मुज जलडमरू खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत
आईतबार ११ असोज, २०८३
चोलेन्द्र पक्राउबारे सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न कांग्रेसको माग
आईतबार ११ असोज, २०८३
चोलेन्द्रलाई भेट्न नदिइएपछि मानव अधिकार आयोगको टोली फर्कियो
आईतबार ११ असोज, २०८३
देशभरका नदीमा पानिको बहाव उच्च,१७ जिल्लामा आकस्मिक बाढीको उच्च जोखिम
आईतबार ११ असोज, २०८३
मनाङको चामेमा बाढी–पहिरोको ठूलो क्षति, पुल बगाउँदा आवतजावत ठप्प
आईतबार ११ असोज, २०८३
कालीगण्डकीको बाढीले पर्वतमा २५ घर बगायो, सेतीबेणी पनि डुबानमा
आईतबार ११ असोज, २०८३
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०