शिक्षकले कुट्दा विद्यार्थीको कानको जाली फुट्यो, विद्यालयले उपचार गराइदिने

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० माघ, २०८१
२ वर्षअघि

विराटनगर । दुई दिन विद्यालय नआएको भन्दै शिक्षकले निर्घात कुटपिट गर्दा १५ वर्षीय बालक घाइते भएका छन् ।

यो घटना दाङको राप्ती ग्यालेक्सी बोडिङ स्कुलको हो । लमही नगरपालिका–८ मा कार्यरत विज्ञान शिक्षक ३७ वर्षीय सुनील चौधरीको कुटपिटबाट कक्षा ९ का विद्यार्थी १५ वर्षीय निखिल खड्का घाइते भएका छन् ।

माघ ८ गते विहान विद्यालय पुगेका बालकलाई गेटमै रोकेर दुई दिन विद्यालय नआएको भन्दै निर्घात कुटपिट गर्दा विद्यार्थी खड्काको देब्रे कानको जाली फुटेको हो ।

हात र लाठीले प्रहार गर्दा खुट्टा र शरीरका अन्य भागमा पनि गम्भीर चोट लागेको पीडित बालकका बुबा गोविन्द खड्काले बताए ।

बालकको स्वास्थ्य उपचार माघ ८ गते खिम नरेश मेमोरियल बुढाथोकी इएनटी एण्ड डेन्टल केयर सेन्टर घोराहीमा र माघ ९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको छ ।

दुवै अस्पतालले बाललको देब्रे कानको जाली फुटेको र नशा समेत चुडिएको रिपोर्ट दिएका छन् ।

विद्यालयका प्रधानाध्यापक गणेश कोइरालाले नियतवश नहानिएको र सचेत गराउन खोज्दा घटना भएको उल्लेख गर्दै कानको उपचार विद्यालयले गर्ने बताए ।

उपचारका लागि घोराही आएका पीडित खड्काले घर फर्किएर प्रहरीमा उजुरी गर्ने जनाएका छन् ।

प्रकाशित समय: बिहिबार १० माघ, २०८१, ११:२९:५७

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२० minutes

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
७ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
७ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
२ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०