आफ्नै घोडा चढेर वडा कार्यालय जान्छन् यी वडाध्यक्ष

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ७ माघ, २०८१
२ वर्षअघि

विराटनगर । दोलखाको तामाकोशी गाउँपालिका-६ का वडाध्यक्ष कृष्णप्रसाद फुयाँल स्थानीय तहका अरू जनप्रतिनिधिभन्दा फरक छन् ।

उमेरले ५८ वर्ष पुगेका फुयाँल सुविधामा पाएको मोटरसाइकल गाउँपालिकालाई नै फिर्ता गरी आफ्नै घोडा चढेर वडा कार्यालय जाने गरेका छन् ।

गाउँपालिकालाई आर्थिक भार कम होस् भन्दै सुविधामा पाएको मोटरसाइकल गाउँपालिकालाई फिर्ता गरेर घोडा चढ्न थालेका हुन् ।

२०७९ वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट विजयी भएका फुयाँलले मोटरसाइकल फिर्ता गरेर एक लाख पाँच हजार रुपैयाँमा घोडा किनेर चढ्दै आएका हुन् ।

आफूसँगै निर्वाचित वडाध्यक्षहरू मोटरसाइकलमा हुइँकिएर कार्यालय जाँदा-आउँदा उनी भने हरेक दिन घोडा चढेरै कार्यालय जाउआउ गर्छन्  ।

कार्यालयको कामकाजका लागि भनी गाउँपालिकाबाट लिएको मोटरसाइकल उनले कार्यालयमै बुझाएका छन् ।

तामाकोशी गाउँपालिकाले पालिकाका सबै वडाका वडाध्यक्षलाई काम गर्न सहजताका लागि मोटरसाइकल उपलब्ध गराएको थियो ।

आफू जनताको विकासका लागि निर्वाचित जनप्रतिनिधि भएकाले जनताको घरदैलोमा पुगेर काम गर्नका लागि पालिकाको सम्पत्ति प्रयोग गर्न आवश्यक नहुने ठानेर मोटरसाइकल पालिकालाई नै फिर्ता गरिदिएको वडाध्यक्ष फुयाँलले बताए ।

‘पालिकाको सुविधाबापतको खर्च बरु वडा विकासमा लगानी गर्ने छु । जनप्रतिनिधिले जनताको काम गरेबापत थप सुविधा लिनु पर्छ भन्ने नलागेर सुविधाबापतको मोटरसाइकल फिर्ता गरेको हुँ । अहिले पनि सबै गाउँका कतिपय स्थानमा सडक पुगे पनि मोटरसाइकल लैजान गाह्रो हुन्छ । घोडा चढ्ने भएकाले उकालीओराली र सडक नभएको ठाउँका जनतालाई पनि भेट्न सहज भएको छ,’ उनले भने ।

वडाध्यक्ष फुयाँलको अनुभवमा वातावरणमैत्री भए पनि अहिलेको समयमा घोडा चढ्न सुलभ र सस्तो भने छैन ।

उनले परम्परालाई पछ्याउन मन लाग्ने भएकाले आफूले घोडा चढेको बताए ।

‘घोडा चढ्दा कतिपयलाई शरीर असन्तुलन भएर ढाड र जिउ दुख्ने हुन सक्छ । मलाई भने पहिले पनि घोडा चढेको हुनाले असहज लाग्दैन,’ उनले भने ।

उनले वडाध्यक्षमा विजयी भएपछि नागरिकको सेवामा विकास निर्माणसँगै विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।

प्रकाशित समय: सोमबार ७ माघ, २०८१, ०८:५३:४६
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०