आशिका तामाङ पक्राउ पर्नुको कारण यस्तो

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २ माघ, २०८१
२ वर्षअघि

विराटनगर । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पक्राउ पुर्जी लिएर प्रहरी वृत्त स्वयम्भूको टोलीले बुधबार दिउँसो तामाङलाई पक्राउ गरेको हो ।

उनीमाथि प्रहरी वृत्त गौशालाले थप अनुसन्धान अघि बढाएको छ ।

गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र पुस २५ को प्रहरी प्रतिवेदनका आधारमा अनुसन्धान गर्न तामाङलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

तामाङविरंद्ध प्रहरीले पुस २८ गते नै अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालय बबरमहल काठमाडौंबाट पक्राउ पुर्जी लिएको थियो ।

जिल्ला प्रशासनको अनुमतिले बुधबार तामाङलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पछिल्लो समय पशुपति क्षेत्र विकास कोष परिसरमा तामाङले महिला प्रहरीलाई दुव्र्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

उनले आफूलाई सामाजिक अभियन्ता भन्दै फेसबुकलगायत सामाजिक सञ्जालमा भिडिओहरू पनि पोस्ट गर्ने गरेकी छन् ।

कुनै बेलाकी चलचित्र कलाकार, पेसाले नर्स आशिका पछिल्लो समय सोसल मिडियामा निकै चर्चित छिन् ।

१५ वर्ष जर्मनी बसेर स्वदेश फर्केकी उनी अहिले नेपालका सरकारी निकाय, सार्वजनिक स्थानमा भइरहेको आर्थिक बेथिति र अत्याचारको उजागर गर्दै आएको दाबी गर्छिन् ।

केही वर्षअघि ‘जनावरको हत्या गर्नु, खानु तर घरपरिवार, घरबार नभएका खसी, खसिनीहरूलाई हत्या गर्नू’ भनेर ट्रोल बनेकी उनले यसबीचमा ‘दुःखी, पीडित’लाई सहयोग गरेर मनग्य समर्थक पनि बटुलिसकेकी छन् ।

फेसबुकमा उनलाई १५ लाखले फलो गरेका छन् । केही वर्षयता समर्थकले उनलाई ‘सामाजिक अभियन्ता’ भन्ने गरेका छन् ।

प्रकाशित समय: बुधबार २ माघ, २०८१, १७:२०:०९
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०