दुहबीमा अपेक्षाअनुरूप राजश्व संकलन गर्न नसक्दा शाखाहरूको आठ करोड बजेट कटौती

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २९ पुस, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरीको दुहबी नगरपालिकाको १६औं नगरसभा सम्पन्न भएको छ ।

नगरसभामा नगरप्रमुख वेदनारायण गच्छदारले अपेक्षाअनुरूप राजश्व संकलन गर्न नसक्दा नगरपालिकाका विभिन्न शाखाहरूको बजेट कटौती गर्नुपरेको घोषणा गरेका छन् ।

नगरप्रमुख गच्छादारले चालु आर्थिक वर्षमा अपेक्षा गरिएको राजश्व संकलन गर्न नसक्दा विभिन्न विषयगत शाखाहरूको बजेट कटौती गर्नु परेको बताए ।

चालु आर्थिक वर्षको लक्षित बजेट १ अर्ब ५ करोड आँकलन गरिएको थियो, जसमध्ये राजस्व संकलनतर्फ २० करोड ७३ लाख ८१ हजार लक्ष्य गरेको भए पनि हालसम्म तीन करोड २३ लाख मात्र संकलन गर्न सकिएको हुँदा शाखा गत बजेट कटौती गर्नु परेको उनको भनाइ छ ।

कृषि शाखाबाट १७ लाख ९० हजार, पन्जीकरण शाखाबाट दुई लाख ३० हजार, उद्यमविकाश शाखाबाट १२ लाख, रोजगार शाखाबाट ५ लाख, वातावरण शाखाबाट ७ लाख, योजना शाखाबाट २ लाख , राजश्व शाखाबाट पाँच लाख, पशु शाखाबाट २३ लाख ७० हजार, प्रशासन शाखाबाट ४ लाख, सहकारी शाखाबाट ३ लाख ५० हजार, शिक्षाबाट ३० लाख ७० हजार, सूचना प्रविधिबाट एक लाख, स्वास्थ्य शाखाबाट ४४ लाख , महिला बालबालिका शाखाबाट ७ लाख, न्यायिक शाखाबाट आठ लाख ५० हजार र पूर्वाधारबाट ६ करोड ५६ लाख ६८ हजार ४३ रुपैयाँ गरी जम्मा ८ करोड ३० लाख २८ हजार ४३ रुपैयाँ कटौती गरेको जनाए ।

प्रदेश सरकारबाट राजश्व बाँडफाँटमा आउनुपर्ने एक करोड ४२ लाख भए पनि हालसम्म ४२ लाख ९७ हजारमात्रै आएको, संघीय सरकारबाट ११ करोड ७६ लाख आउनुपर्नेमा हालसम्म तीन करोड ४७ लाखमात्रै आएको हुँदा लक्ष्यअनुसारको बजेट स्थानीय राजस्व र प्रदेश तथा संघीय राजश्व बाँडफाँड र वित्तीय समानीकरणको बजेट तुलानात्मक रूपमा आउन नसक्ने हुँदा नगरपालिकामार्फत सञ्चालन हुने विकास निर्माणका कामहरू प्रभावित हुन नदिन शाखागत बजेट कटौती गर्नु परेको नगरप्रमुख गच्छदारले बताएका छन् ।

नगरप्रमुख गच्छादारले प्रस्तुत गरेको आर्थिक वर्ष ८१/८२ का विभिन्न प्रस्तावहरू सर्वसम्मत पारित भएका छन् । जनताका न्युन्तम आवश्यकतालाई मध्यनजर गरी रोजगार र सीपमुलक कार्यक्रम थप गर्दै लैजाने र भइपरी आउने पुँजीगततर्फ पनि कटौती गरेको पुँजी थप गरिएको नगर प्रमुख गच्छादारले बताएका छन् ।

नगरसभामा उपप्रमुख मेनुका खतिवडाले आव ८०/८१ का कार्यप्रगति र ८१/८२ का कार्यविवरणहरू पेश गरेकी थिइन् ।

उनले न्यायिक समितिमा अधिकतम् जग्गा किचलोका मुद्दाहरू आउने हुँदा यस वर्ष पनि एक सय वटा मुद्दामध्ये ८६ वटाको मिलापत्र गरेको सार्वजनिक गरिन् ।

प्रकाशित समय: सोमबार २९ पुस, २०८१, १४:२८:०३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०