दुई नातेदारबीच झगडा हुँदा ढुंगा प्रहार, वृद्ध आमाको मृत्यु !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २४ पुस, २०८१
१ महिनाअघि

लालबन्दी – दुई युवाको झगडाका कारण सर्लाहीमा एक वृद्धको ज्यान गएको घटनाका आरोपी जेल चलान भएका छन्।

ईश्वरपुर नगरपालिका वडा नम्बर-१२ का वीरबहादुर मोक्तानलाई जिल्ला अदालत सर्लाहीले हिजो मंगलबार पुर्पक्षका लागि जेल चलान गरेको हो।

गएको मंसिर २७ गते लालबन्दी नगरपालिकाकाका ३८ वर्षीय वीरबहादुर बोम्जन र ४८ वर्षीय वीरबहादुर मोक्तानबीच कुटाकुट भएको थियो। उक्त झगडामा मोक्तानले प्रहार गरेको ढुंगाले लागेर बोम्जनकी ६५ वर्षीय आमा विष्णुमाया घाइते भएकी थिइन्।

घाइते विष्णुमायालाई उपचारका लागि लालबन्दीको म्याक्स अस्पताल लगिएको थियो। तर घटनाको १० दिनपछि उपचार क्रममै विष्णुमायाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।

विष्णुमायाको मृत्युपछि प्रहरीले मोक्तानमाथिको ज्यानसम्बन्धी कसुर मुद्दालाई कर्तव्य ज्यान मुद्दामा परिणत गरी घटनाबारे थप अनुसन्धान गरेको थियो।

के थियो घटना ?

झगडा गर्ने मोक्तान र बोम्जन नातेदार हुन्। मंसिर २७ गतेको राति उनीहरू आफन्तकहाँ भोज खाएर तल्लो देउरालीबाट आआफ्नो घर फर्किएका थिए। यसै क्रममा मोक्तान राति १२ बजेको समयमा बोम्जनको घरमा एकछिन बसेका थिए। त्यसै समयमा झगडा भएको लालबन्दी नगरपालिका-१५ का वडाध्यक्ष गोरखबहादुर बलले बताए।

‘तल्लो देउरालीमा भोज खाएर उनीहरू फर्किँदै थिए। बोम्जनको घरमा झगडा भएको रहेछ,’ बलले भने,’मलाई पनि राति साढे १२ बजे फोन आएको थियो, घटनापछि मैले प्रहरीलाई खबर गरेको थिएँ।’

दुई जनाको झगडा बढ्दै गएपछि मोक्तानले प्रहार गरेको ढुंगाले बोम्जनी आमा विष्णुमायालाई टाउकोमा लागेको थियो।

प्रकाशित समय: बुधबार २४ पुस, २०८१, १०:३७:५८

सम्बन्धित खबर

बलात्कारका

झापामा १० वर्षीया बालिका बलात्कृत, २१ वर्षका आचार्य समातिए

मङ्गलबार २९ माघ, २०८१
२ दिनअघि

नियमित गस्तीमा रहेका प्रहरीलाई भकुरेर मोटरसाइकल तोडफोड गर्ने दुई जना पक्राउ

सोमबार २८ माघ, २०८१
३ दिनअघि

चोरले रित्याइदिए उर्लाबारीको ‘मोबाइल वर्ल्ड’, हराए तीन करोडभन्दा बढीका मोबाइल

सोमबार २१ माघ, २०८१
१ हप्ताअघि

विराटनगरको किड्स भिलेजमा सरस्वती पूजा र अक्षराम्भ

सोमबार २१ माघ, २०८१
१ हप्ताअघि

प्रेममा परेकी छोरीको मावलीघरमा ल्याएर हत्या

शुक्रबार १८ माघ, २०८१
२ हप्ताअघि

बिर्तामोड : साथीसँग घुम्न गएको भन्दै छोरीमाथि निर्घात कुटपिट, आमाले उजुरी दिएपछि समातिए बुबा

शुक्रबार १८ माघ, २०८१
२ हप्ताअघि
प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की
बुधबार ३० माघ, २०८१
किड्स भिलेजमा बालबालिकाको सर्वांगीण विकासका लागि चार दिने ‘स्पोर्ट्स मिट’
बुधबार ३० माघ, २०८१
दुई लाख रुपैयाँसम्म पुग्न सक्छ, सुनको भाउ !
बुधबार ३० माघ, २०८१
कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !
मङ्गलबार २९ माघ, २०८१
मेयर बालेनको काम मात्र होइन, सिर्जना पनि ‘ट्रेन्डिङ’ मा (भिडियोसहित)
मङ्गलबार २९ माघ, २०८१
बलात्कारका
झापामा १० वर्षीया बालिका बलात्कृत, २१ वर्षका आचार्य समातिए
मङ्गलबार २९ माघ, २०८१
बराहक्षेत्रमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु
मङ्गलबार २९ माघ, २०८१
ओभरटेक गर्दा कारले ठक्कर दियो सडक छेउमा बसिरहेको मानिसलाई, एक जना गम्भीर घाइते
मङ्गलबार २९ माघ, २०८१
खोटाङमा आरोप पुष्टि नभई प्रहरीले हत्कडी लगाएको भन्दै बलात्कारका आरोपित झुन्डिए !
सोमबार २८ माघ, २०८१
सार्वजनिक शौचालय बनाउन सुन्दरहरैंचा विराट एक्स्पो
सोमबार २८ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०