खोटाङ । खोटाङमा अपांगता भएकी महिला बलात्कृत भएकी छन् । अपांगता भएकी २० वर्षीया महिला बलात्कृत भएको खोटाङ प्रहरीले जनाएको छ ।
बलात्कार गरेको आरोपमा पीडित पक्षले केपिलासगढी गाउँपालिका-७ का ३९ वर्षीय एककुमार राईविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको हो ।
गत असार २ गते अपांगता भएकी महिला बलात्कार गरेको भन्दै पीडित पक्षले बिहीबार (पुस १८ गते) उजुरी दिएको हो ।
जिल्ला प्रहरी कार्यालय, खोटाङकी इन्स्पेक्टर सञ्जु कार्कीका अनुसार आरोपितविरुद्ध जिल्ला अदालतले आइतबार पक्राउ पूर्जी जारी गरेको छ ।
आरोपित हाल बेलायतमा भएकाले नेपाल प्रहरीको केन्द्रीय इकाइसँग समन्वय गरेर आरोपितलाई गिरफ्तारको प्रक्रिया थालिएको इन्स्पेक्टर कार्कीले बताइन् ।
उजुरी दिएकै दिन पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा गरिएको छ ।