९० दिनसम्म हुर्कन लाग्ने ब्रोइलर कुखुरा अहिले ४५ दिनमै तयारी, यस्तो कसरी ?

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १७ पुस, २०८१
२ वर्षअघि

चितवन । चितवन भरतपुरकी किसान पार्वती दाहालले ४५ दिनमै आफूले पालेको ब्रोइलर कुखुरा बेचिन् ।

४५ दिनमा बेच्दा आफूले पालेको कुखुरा बढीमा तीन किलो दुई सय ग्रामसम्मका भएको सुनाउँछिन्, उनी । ‘साना कुखुरा पनि दुई किलो छ सय ग्रामभन्दा बढी थियो,’ उनले भनिन् ।

उनले पहिला ९० दिनसम्म पनि कुखुरा पालेर बेचेको अनुभव सुनाइन् ।

‘क्रमशः दिन घट्दै गएर ४५ दिनमै कुखुरा निकाल्न थालिएको हो । तौल त ९० दिन राख्दा आउनेभन्दा अहिले ४५ दिनकै तौल बढी भएको छ,’ उनले भनिन् ।

उनको कुखुरा पाल्ने शैली पनि फरक छ ।

‘मैले अरू दिनमा समान दाना दिए पनि १९ दिनको बेलुका र २१ दिनको बेलुका कुखुरालाई भोकै राखिदिन्छु, यसले पनि कुखुराको पेट खाली हुने र भोलिपल्ट मन लगाएर दाना खाँदा ह्वात्तै बढ्ने गर्दो रहेछ,’ उनको भनाइ छ ।

‘दुई दिनको साँझमा कुखुराको पेट खाली राखिदिँदा त्यसले रातो दिसा र सेतो दिसा गर्ने, पाचन प्रक्रियामा समस्या हुने जस्ता समस्याबाट मुक्ति पाएको अनुभव मैले गरेको छु,’ उनले भनिन् ।

कुखुराविज्ञ तथा कृषि तथा वन विश्वविद्यालयका प्राडा रेवन्दकुमार भट्टराई पछिल्लो समय नेपालका कुखुरा चाँडै हुर्किरहेका बताउँछन् ।

उनका अनुसार नेपालमा अहिले ब्रोइलर कुखुरा छिटो हुर्कन थालेका छन् । ९० दिनसम्म हुर्कन लाग्ने ब्रोइलर कुखुरा अहिले ४० देखि ४५ दिनमै तयारी भएको पाइन्छन् ।

अहिले ४० देखि ४५ दिनमा दुई किलोभन्दा बढी तौल कुखुराको आइरहेको बताउँदै उनले केही वर्षअघिसम्म कुखुराको दुई किलो तौल आउन ६० दिनदेखि ९० दिनसम्म कुर्नुपर्ने गरेको बताए ।

अहिले ब्रोइलर कुखुरा पाल्ने दिन पनि घटेको छ भने त्यसलाई खुवाउने दानाको मात्रा पनि पहिलाभन्दा घटेको छ । विज्ञ प्राडा भट्टराईले अहिले कुखुरालाई पहिलेका तुलनामा आधा दानाले पुग्ने बताउँछन् ।

अहिले एउटा ब्रोइलर कुखुराले आफ्नो जीवन कालमा दुई किलोको हाराहारीमा मात्रै दाना खान्छ ।

एक अमेरिकी अध्ययनले पनि ५० वर्षअघिको तुलनामा अहिले ब्रोइलर कुखुरा छिटो हुर्किरहेको तथ्य सार्वजनिक गरेको छ ।

अमेरिकाको नेसनल चिकेन काउन्सिलले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ५० वर्षअघि अर्थात् सन् १९७० मा ५६ दिनमा ३.६९ किलो दाना खाएको कुखुरा १.६४ किलो तौलको भयो तर सन् २०२३ मा आएर ४७ दिनमा एक किलो कुखुरा बराबर १.७५ केजी दाना खपत भएको छ ।

यो अवधिमा २.९७ केजी तौलका ब्रोइलर कुखुरा उत्पादन भएको र त्यसले ५.१९ किलो दाना खाएको तथ्यांक छ ।

चितवनका पुराना कुखुरा व्यवसायी कपिल खनाल विकसित देशमा भन्दा नेपालमा अहिले छिटो कुखुरा हुर्किरहेको बताउँछन् ।

प्रकाशित समय: बुधबार १७ पुस, २०८१, १४:३६:००

सम्बन्धित खबर

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
५ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने
बिहिबार ८ असोज, २०८३
एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित
बिहिबार ८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
बिहिबार ८ असोज, २०८३
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
बिहिबार ८ असोज, २०८३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०