इलामको रोङ गाउँपालिकाले थाल्यो तितेकरेलाको सुकुटी बनाएर बेच्न

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ पुस, २०८१
२ वर्षअघि

इलाम । इलामको रोङ गाउँपालिकाले तितेकरेलाको सुकुटी बनाएर बेच्न थालेको छ ।

किसानले उत्पादन गरेका वस्तुलाई व्यवस्थित रूपमा बजारमा लगेर उचित मूल्यमा बेच्न गाउँपालिकाले करेलाको सुकुटीको ब्रान्डिङ गरेको हो ।

रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर तितेकरेलालाई सुकाएर प्याकेजिङ गरी बजारमा ल्याएको जानकारी दिए ।

गाउँपालिकाले यस वर्ष दुई सय किलोग्राम सुक्खा करेला तयार गरी बजारमा ल्याएको छ ।

करेलाको अध्ययन, अनुसन्धान गर्दा अत्यन्तै सफल भएको र अर्को पटक ठुलो मात्रामा उत्पादन वृद्धि हुने अध्यक्ष स्याङ्बोले बताए ।

बजार मूल्य कम भएका बेला एक सिजनमा ५० हजार किलोग्राम काँचो करेला प्रशोधन गर्न सक्ने उद्योग गाउँपालिकाले निर्माण गरिरहेको छ ।

अब आउने सिजनबाट किसानको उत्पादित करेला प्रशोधन गर्न सक्ने अवस्थामा गाउँपालिका रहेको स्याङ्बोले बताए ।

रोङको तितेकरेलालाई गुन्द्रुकसँग मोलेर अचारका रूपमा खान पनि सकिन्छ ।

प्याकेजिङ भएको तितेकरेलालाई तातोपानीमा ५/१० मिनेट भिजाएर पुरानै स्वरूप तथा स्वादमा लगेर विभिन्न तरिकाले पकाएर खान सकिने बताइएको छ ।

रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले नै प्रशोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आएका रोङ–३, प्युरेका लल्मी लाप्चाले बताए ।

गाउँपालिकाले यसअघि नै रोङ गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचो जस्ता कृषिजन्य वस्तुको ब्रान्डिङ गरी बजारीकरण गरिरहेको छ ।

रोङको गुन्द्रुक र महको अहिले माग धान्न कठिन छ ।

प्रकाशित समय: मङ्गलबार १६ पुस, २०८१, ०६:००:४८

सम्बन्धित खबर

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
१ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
२ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०