इलामको रोङ गाउँपालिकाले थाल्यो तितेकरेलाको सुकुटी बनाएर बेच्न

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १६ पुस, २०८१
२ वर्षअघि

इलाम । इलामको रोङ गाउँपालिकाले तितेकरेलाको सुकुटी बनाएर बेच्न थालेको छ ।

किसानले उत्पादन गरेका वस्तुलाई व्यवस्थित रूपमा बजारमा लगेर उचित मूल्यमा बेच्न गाउँपालिकाले करेलाको सुकुटीको ब्रान्डिङ गरेको हो ।

Advertisement

रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले बेमौसममा पनि उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर तितेकरेलालाई सुकाएर प्याकेजिङ गरी बजारमा ल्याएको जानकारी दिए ।

गाउँपालिकाले यस वर्ष दुई सय किलोग्राम सुक्खा करेला तयार गरी बजारमा ल्याएको छ ।

करेलाको अध्ययन, अनुसन्धान गर्दा अत्यन्तै सफल भएको र अर्को पटक ठुलो मात्रामा उत्पादन वृद्धि हुने अध्यक्ष स्याङ्बोले बताए ।

बजार मूल्य कम भएका बेला एक सिजनमा ५० हजार किलोग्राम काँचो करेला प्रशोधन गर्न सक्ने उद्योग गाउँपालिकाले निर्माण गरिरहेको छ ।

अब आउने सिजनबाट किसानको उत्पादित करेला प्रशोधन गर्न सक्ने अवस्थामा गाउँपालिका रहेको स्याङ्बोले बताए ।

रोङको तितेकरेलालाई गुन्द्रुकसँग मोलेर अचारका रूपमा खान पनि सकिन्छ ।

प्याकेजिङ भएको तितेकरेलालाई तातोपानीमा ५/१० मिनेट भिजाएर पुरानै स्वरूप तथा स्वादमा लगेर विभिन्न तरिकाले पकाएर खान सकिने बताइएको छ ।

रोङ गाउँपालिकाका सबै स्थानमा उत्पादन गर्न सकिने करेला पालिकाले नै प्रशोधन गरेर बजारीकरणमा लागेपछि यसको खेतीमा किसानको उत्साह बढेको करेला खेती गर्दै आएका रोङ–३, प्युरेका लल्मी लाप्चाले बताए ।

गाउँपालिकाले यसअघि नै रोङ गुन्द्रुक, सिस्नो, बेसार, मह, चिया, कुचो जस्ता कृषिजन्य वस्तुको ब्रान्डिङ गरी बजारीकरण गरिरहेको छ ।

रोङको गुन्द्रुक र महको अहिले माग धान्न कठिन छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०