कविता : निरीह फूल

-संगीता खरेल
बुधबार ३ पुस, २०८१
१ वर्षअघि

आमा !
मलाई किन तिमीले
यो निकृष्ट संसारमा
सबैको नजर लाग्ने
फूल भएर सृष्टि दियौ ?
जहाँ कोपिला हुँदादेखि नै
कुदृष्टि हेरिनु मात्र नभएर
पाएसम्म निमोठेर
चुँडेर फाल्न मेरो
अस्तित्व हडप गर्न
लालायित मालीहरूको
भीडम्भीडले
मलाई झुक्काएर छुन खोज्छन् ।

भमराहरू सुगन्ध चहार्दै
रस चुस्न
कुन फूल
वा कोपिला पुग्ने हुन्
पत्तो हुँदैन
यहाँ हाम्रो
कदरभन्दा पनि
सौन्दर्यको वस्तु मान्नेहरू
केवल सुन्दरतालाई मात्र
प्राथमिकता राख्नेहरूले
हाम्रो अस्तित्व
र महत्त्व बुझेका छैनन् ।

केवल
उपभोग गर्न जानेका छन्
त्यसैले
आमा ! तिम्रो सुरक्षाको
घेराले मलाई
कहिलेसम्म सुरक्षित राख्न सक्छ ?
अनविज्ञ छु
जरजर्ताको भुमरीभित्र
हरेक पाइला
काँडाहरूबाट छिचोल्दै
कति दिन सुरक्षित
रहन सक्छु र आमा !

जुन दिन तिम्रो सुरक्षामा
फितलोपन आउँछ आमा !
तिम्रो बगानको यो फूल
लाचार
र निरीह भएर
अस्तित्वविहीन
र अपवित्र हुनेछे ।

चन्द्रागिरी ८ काठमाडौं

प्रकाशित समय: बुधबार ३ पुस, २०८१, १३:०३:५९
संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
मङ्गलबार २२ ब‌ैशाख, २०८३
जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
मङ्गलबार २२ ब‌ैशाख, २०८३
तोलाको ३८ सयले घट्यो सुन
मङ्गलबार २२ ब‌ैशाख, २०८३
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्ने तयारीमा राष्ट्रपति
मङ्गलबार २२ ब‌ैशाख, २०८३
भिडियो खिच्न रोकिएको भन्ने समाचार असत्य: प्रेस सल्लाहकार दाहाल
सोमबार २१ ब‌ैशाख, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न सर्वोच्चको आदेश
सोमबार २१ ब‌ैशाख, २०८३
डोजर अभियानको असर पोखरामा: सुकुम्वासी सडकमा, ‘विकल्प बिना हट्दैनौं’
सोमबार २१ ब‌ैशाख, २०८३
भारतले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने यात्रा खुला गरेको विरोधमा काठमाडौंमा प्रदर्शन
सोमबार २१ ब‌ैशाख, २०८३
दलित संघका अध्यक्ष विश्वकर्माको राजीनामा, स्वास्थ्य र पारिवारिक कारण देखाए
सोमबार २१ ब‌ैशाख, २०८३
मुख्यमन्त्री बानियाँको घर–कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
सोमबार २१ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०