‘सर नमस्कार ।’
सर एकछिन् टक्क अडिएर मेरो मुखमा हेर्न थाल्नुभयो । कक्षा १ देखि १० कक्षासम्मको पाठशाला थियो हाम्रो ।
पढाउने विषय वहाँको नेपाली । सबै विषयका सबै सरहरू मिहिनेतिला हुनुहुन्थ्यो । आफ्नो विद्यार्थीलाई कहिले गाली गरेको थाहा थिएन ।
गाली गरे पनि शिक्षाको आर्जनको गाली हुन्थ्यो । एकचोटी त कृष्ण सरले बेस्सरी हप्काएका नै थिएँ मलाई । तर फेरि सम्झाउने गर्नुहुन्थ्यो । सरहरू जहिल्यै चिन्तित बन्नु हुँन्थ्यो ।
कसरी विद्यार्थीहरूको शिक्षामा योगदान दिऊँ ?
आज त्यहीँ शिक्षाको ज्योतिको परिणाम हो विद्यार्थीको भविष्य ।
सरले पनि नमस्कार भनी सम्बोधन गर्नुभएको थियो त्यहीँ बेला, जुनबेला सरलाई मैंले नमस्कार गरेको थिएँ । अनि गफिन थाल्यौँ हामी गुरु-चेला ।
मैंले नै सोधें- ‘सर रिटायर्ड हुनुभयो ?’ वहाँले जवाफ दिनुभएको थियो, ‘बाँकी छ अझैं तीन वर्षजति ।’
‘ए’ ! यति भने मैंले ।
फेरि सरले खोतल्न थाल्नु भयो- ‘के गर्दैछौ, तिमी ? मैंले पढाएको विद्यार्थीहरू कोही इन्जिनियर भए, कोही हेल्थ असिस्टेन्ट, कोही ठुलो बोर्डिङ खोलेर प्रिन्सिपल भएँ भन्छन् ।’
‘अँ साँच्चै तिमी के भयौं ?’ सरको प्रश्नले खुशी थिएँ म । जवाफ पनि यसरी दिएको थिएँ- ‘म पनि केही न केही भएँ ! सानोतिनो जागिर खाँदै भए पनि म पनि साहित्यकार भएँ ।’
सरले खुशी ब्यक्त गर्नुभएको थियो । ‘जयहोस हाम्रा पाठशालाका विद्यार्थीहरू पनि केही न केही भए ।’
विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७६|१२|०३