जती जलाैं दियालाेझैं आफू गल्दै गए पनि
उच्च रहाेस् भाव तिम्राे आफू ढल्दै गए पनि ।
प्रतीक्षाकाे दाेबाटाेमा आँखा बिच्छाई हेरिरहें
निराशाकाे घुम्टाेभित्र डराई श्वास फेरिरहें
जलिरह्याे मन-मुटु दर्पण जसरी फुटाएर
प्यारकाे फूल फूल्नै छाड्याे मन फेरि टुटाएर ।
कैदीसरह जीवनयापन जिएकै छु बसी झिरमा
याद गर्न सबथाेक छाेड कल्पिएरै पिरै पिरमा
कहिले औंशी कहिले चन्द्र भित्र-बाहिर बसें
जिउँदाे लासकाे मलामीझैं छाँगाबाटै खसें ।