घरेलु उद्योग महासंघ र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सबीच लघु निर्जीवन बीमा सम्झौता

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २६ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति विराटनगर र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडबीच लघु निर्जीवन बीमा सञ्चालनका लागि सम्झौता भएको छ ।

विराटनगर महानगरपालिका-५ स्थित महासंघ जिल्ला कार्यसमितिको कार्यालयमा बुधबार दुई पक्षबीच सम्झौता भएको हो ।

Advertisement

सम्झौतापत्रमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स प्रमुख कार्यकारी अधिकृत नरेशकुमार रोक्का र महाप्रबन्धक अभिम डंगोल तथा महासंघका तर्फबाट अध्यक्ष चेतन निरौला र सचिव भवेश पौडेलले हस्ताक्षर गरे ।

घरेलु उद्योग महासंघसँग आवद्ध उद्योगी, व्यवसायी, कर्मचारी, सेवाग्राहीलगायतसँग सम्बन्धितको सम्पत्ती दायित्वलाई लघु निर्जीवन बीमामार्फत आर्थिक सुरक्षा प्रदान गर्नेगरी सम्झौता भएको अध्यक्ष निरौलाले जानकारी दिए ।

जिल्लाभरिका लघुउद्यमी र कृषि उद्यमीलाई लक्षित गरेर सम्पत्ती बीमासम्बन्धी समझारीमा हस्ताक्षर भएको उनको भनाइ छ । जसअनुसार प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ५० लाखसम्मको बीमा गर्ने छ ।

‘माइक्रो इन्स्योरेन्सले लघु तथा साना उद्यमी र व्यवसायीहरूलाई लक्षित गरी काम गरिरहेकोले हामीले यो सम्झौता गरेका हौं,’ उनले भने, ‘साना उद्यमीमाथिको सम्भावित जोखिम न्यूनीकरणका लागि यो इन्स्योरेन्सले काम गर्ने छ भन्ने हाम्रो अपेक्षा छ ।’

साथै, अध्यक्ष निरौलाले मोरङभरिका सबैखाले उद्यमीहरूलाई यसको लाभ लिन आग्रह गरे ।

उनका अनुसार घरेलु तथा साना उद्योगमा आवद्ध वर्ग-समुदाय तथा परिवारलाई लक्षित गरी निर्जीवन बीमा सचेतना कार्यक्रम सञ्चालन गर्नेसमेत सम्झौता भएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०