राजनीतिसँगै ड्र्यागन फ्रुट खेतीमा तल्लीन पूर्ववडाध्यक्ष तामाङ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका-६ का पूर्ववडाध्यक्ष जयबहादुर तामाङ यतिबेला राजनीतिसँगै व्यावसायिक खेतीमा लागेका छन् ।

तीन वर्षयता उनी राजनीतिक कार्यक्रम, सभा-समारोहमा भन्दा बढी आफ्नै खेतबारीमा भेटिन्छन् ।

खाद्य बालीभन्दा फलफूल खेतीमा दोब्बर आर्थिक लाभ हुने भएपछि उनले धान खेत मासेर सिउँडी प्रजातिको फल (ड्रयागन फ्रुट) लगाएका छन् ।

खाद्य बालीबाट तीन बिघा खेतमा हुने आम्दानी १० कट्ठाबाट भएपछि तामाङले ड्रयागन खेती अझ विस्तार गरेका छन् ।

पथरीशनिश्चरे ६ र सुनवर्सी १ का सात जना किसानले १५ विघा जग्गामा ड्रयागन खेती गरिरहेका छन् ।

उनले हाल अढाई बिघा धान खेत खेत मासेर ड्रयागन लगाएका छन् ।

गत असोजसम्ममा उनले २५ लाख रुपैयाँको फल बजार पठाएका थिए ।

गत वर्ष प्रतिकिलो ६ सय रुपैयाँमा बिक्री भएको ड्रयागन फ्रुट यो वर्ष तीन सय ५० रुपैयाँमा बिक्री भयो ।

उत्पादन बढेपछि मूल्य घट्यो, तर किसानलाई घाटा छैन । तामाङले विदेशबाट आउने फललाई विस्थापित गर्न उत्पादन अझै बढाउनुपर्ने बताए ।

तामाङले हालसम्म खेतीमा डेढ करोड लगानी गरिसकेका छन् ।

१० जनाले रोजगार पाइरहेको उनको पूर्वाञ्चल मल्टिपल एग्रिकल्चर प्रालि अहिले ड्रयागन फलको स्रोत केन्द्रका रूपमा विकसित भइरहेको छ ।

सुरुमा एउटा जातको मात्र बिरुवा लगाएका तामाङले हाल पाँच जात बिरुवा लगाएका छन् ।

जातअनुसार स्वाद पनि फरक छ । उपभोक्ताले रोजाइअनुसारको स्वादमा फल खान पाउँछन् ।

प्रकाशित समय: मङ्गलबार २५ मङ्सिर, २०८१, ०८:००:४२
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०