माघ ११ गतेदेखि ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ मङ्सिर, २०८१
५ महिनाअघि

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’ आयोजना हुने भएको छ ।

नेपालका घरेलु, साना, मझौला, ठूला उद्योगहरूका अतिरिक्त विदेशी बस्तु, पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य वस्तुहरूको प्रचार, प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले जानकारी दिए ।

महोत्सव आगामी माघ ११ गतेदेदि २३ गतेसम्म आयोजना गरिने भएको छ ।

जसका लागि बिर्तामोड उद्योग वाणिज्य संघको आज बसेको बैठकले मूल समारोह समिति समेत गठन गरेको छ ।

संघका उद्योग उपाध्यक्ष विशाल थापा संयोजक रहेको मूल समारोह समिति गठन गरिएको हो ।

त्यस्तै अनुगमन समिति संयोजकमा संघकी जनसम्पर्क उपाध्यक्ष गोमा भट्टराई चयन भएकी छिन् ।

मूल समारोह समितिले महोत्सव स्थल चयन लगायतका अन्य काम गर्ने बताइएको छ ।

महोत्सवमा व्यापार सहित नेपाल सहित भारत, बंगलादेश, पाकिस्तानका प्रर्दशकहरुको समेत सहभागिता रहने छ ।

त्यस्तै स्थानीय , राष्ट्रिय तथा प्रदेशका चर्चित कलाकारको दैनिक प्रस्तुति, फेशन शो, विद्यालय तथा कलाकेन्द्रको विविध सांस्कृतिक कार्यक्रम रहने छ ।

बालउद्यान क्षेत्रमा विभिन्न शहसिक तथा मनोरञ्जनात्मक खेलहरू रहने छन ।

खानपान क्षेत्रमा भेज तथा ननभेज फुडकोर्टको स्टल राखिने, मिडिया सेन्टर, कन्फरेन्स हल, फ्रि वाईफाइ जोन, प्राथमिक उपचार, शौचालय, खानेपानी तथा पार्किङ, सुरक्षाको राम्रो व्यवस्थापन गरिने बताईएको छ ।
सुस्ताएका अर्थतन्त्रलाई केही हदसम्म भएपनि सुढिृण र चलायमान बनाउन यो महोत्सवले सघाउ पुर्‍याउने महासंघका महासचिव कुशल खतिवडाले बताए ।

प्रकाशित समय: आईतबार २३ मङ्सिर, २०८१, १९:१४:४२
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित
सोमबार ८ ब‌ैशाख, २०८२
यस्तो बन्यो ‘महाभोज’ को पोस्टर
सोमबार ८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०