विराटनगर । स्थानीय बजारमा सुनको भाउ बढेको छ ।
सोमबारको दाँजोमा आज मंगलबार तोलामा १ हजार रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार १ लाख ४० हजार ३ सय रुपैयाँ रहेको थियो ।
त्यसैगरी चाँदीको भाउ मंगलबार ३० रुपैयाँ बढेर तोलाको १ हजार ८ सय ४५ मा किनबेच भइरहेको छ भने सोमबार तोलाको १ हजार ८ सय १५ रुपैयाँ थियो ।