कार्गो रेल सञ्चालन गर्न विराटनगरका उद्योगीको माग

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरका उद्योगीले भारतको बथनाहा-आइसिपी कार्गो रेल सञ्चालन गर्न सरकारसँग माग गरेका छन् ।

कार्गो रेल उद्घाटनपछि सञ्चालनमा देखिएको समस्या हल गरिदिन आग्रह गर्दै विराटनगरका उद्योगीले सरकारसँग आग्रह गरेका हुन् ।

Advertisement

उद्योग संगठन मोरङ अध्यक्ष राकेश सुराना नेतृत्वको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योगमन्त्री दामोदर भण्डारी र प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडासँग भेटेर कार्गो रेल सञ्चालनमा सहयोग गरिदिन माग गरेको हो ।

भारतको बथनाहा–कटहरी कार्गो रेल निर्माणाधीन रहे पनि बथनाहादेखि विराटनगर–१८, आइसिपीसम्म २०८० जेठ १० गते उद्घाटन भएको थियो ।

नेपाल र भारतका प्रधानमन्त्रीले भर्चुअल उद्घाटन गरेपछि गत जेठ १८ एक पटक विराटनगर आइपुगेको कार्गो’ रेल सेवा पुनः फर्किएर आएको छैन ।

तर, त्यसयता भारतको बथनाहादेखि विराटनगर–१८ बुधनगरसम्म मालवाहक रेल सेवाले निरन्तरता पाउन सकेको छैन ।

गत जेठ १८ गते बथनाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच बिन्दु (आइसिपी) मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म आठ किलोमिटर दुरीको रेल चलेपछि धेरैमा उत्साह छाएको थियो ।

भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको मालवाहक रेल विराटनगर आएपछि उत्साहित बनेका नेपाली उद्योगीहरू अहिले निराश छन् ।

त्यसबेला आरती स्ट्रिप्सको औद्योगिक कच्चा पदार्थ झारेर जेठ १९ गते भारत फर्किएको फेरि फर्किएर नआएपछि उद्योगीमा निराशा छाएको हो ।

आयातको लागत न्यूनीकरण हुने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको नेपाल–भारत कार्गोरेल अहिले अलपत्र बनेको छ ।

नेपालले भारतसँग गरेको रुट सम्झौताबमोजिम सीमित मालसामान मात्र आयात गर्न पाइएपछि रेल सञ्चालन अनिश्चित बनेको विराटनगरका उद्योगीहरूले बताएका छन् ।

शुल्कलगायतका विवादका कारण उद्घाटनपछि अर्को कार्गो रेल आउन नसकेको हो ।

मन्त्री र प्रधानमन्त्रीका आर्थिक सल्लाहकारलाई भेटेर उद्योग संगठन मोरङका अध्यक्ष सुरानाले सरकारले सहजीकरण गरिदिए कार्गो रेल सञ्चालनमा आउने आशा रहेको बताए ।

अध्यक्ष सुरानाले सरकारसँग त्यसबाहेक उद्योग व्यवसाय क्षेत्रले भोग्दै आएको विषयमा समेत जानकारी गराएको बताए ।

“औद्योगिक क्षेत्रमा देखिएको सुस्तता कसरी हटाउन सकिन्छ भन्ने विषयमा छलफल गरी समाधानका लागि पहल गर्न अनुरोध गरेर फर्केका छौँ,’ सुरानाले भने ।

बजारमा लामो समयदेखि छाएको सुस्तताले उद्योग व्यवसाय क्षेत्र प्रभावित हुँदै गएको र यो क्रम अझ लम्बिए अर्थतन्त्रमा नराम्रोसँग प्रभाव पर्ने उद्योगीको भनाइ छ ।

सरकार गठन भएको चार महिनासम्म पनि अर्थतन्त्र चलायमान नहुनुले यसको असरले औद्योगिक क्षेत्रमा नकारात्मक प्रभाव बढाएको उद्योगीको बुझाइ छ ।

यसै गरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपाली वस्तुले ब्युरो अफ इन्डियन स्ट्यान्डर्डको प्रमाणपत्र लिएपछि मात्रै भारत निर्यात गर्न पाउने भारतीय नीतिले निर्यातजन्य कतिपय वस्तुमा असर पारिरहेको जानकारी गराइएको अध्यक्ष सुरानाले बताए ।

उनका अनुसार भारतको यो नीतिले नेपालका प्लाइउड, जुत्ता, सेनेटरी प्याड, सिमेन्ट उद्योगलाई समस्यामा पारेको छ ।

भारतले लागु गरेको नीतिले नेपाली उद्योगका लागि अवसर दिएको भए पनि तत्काल त्यसले निर्यातमा पारेको असरलाई नेपाली वस्तुलाई ब्युरो अफ इन्डियन स्ट्यान्डर्डको प्रमाणपत्र लिने प्रक्रियामा कूटनीतिक माध्यमबाट सहजीकरण हुनुपर्ने माग गरिएको छ ।

उद्योगीको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडासँगको छलफलमा आर्थिक एवम् औद्योगिक विकास र अर्थतन्त्रलाई चलायमान बनाउन सूक्ष्म अध्ययन गरी सरकार र निजी क्षेत्रबिचको समन्वय बढाउन अनुरोध गरेको बताइएको छ ।

टोलीले विराटनगरमा आगामी माघ ११ देखि २० गतेसम्म हुने विराट एक्स्पो तथा कोशी प्रदेश लगानी सम्मेलनका सन्दर्भमा समेत संघीय सरकारले सहयोग गर्नुपर्ने विषयसमेत उठान गरेको पूर्वअध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०