दुर्घटनामा अस्ताए श्रीमान्-श्रीमती : टिपरको ठक्करबाट लडेको मोटरसाइकललाई म्याजिकले किच्यो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुनसरीको इटहरी उपमहानगरपालिकामा भएको सवारी दुर्घटनामा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।

इटहरी-१६ बालग्राममा आइतबार मध्यान्ह भएको दुर्घटनामा मोटरसाइकलमा सवार श्रीमान्–श्रीमतीको मृत्यु भएको हो ।

को ३६ प ५६३७ नम्बरको मोटरसाइकलमा सवार संखुवासभा धर्मदेवी नगरपालिका-३ का ३२ वर्षे युवराज गुरुङ र सोही उमेरकी टीका गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

मृत्यु भएका एक दम्पतीलाई सुरुमा टिपरले ठक्कर दिएको र पछि म्याजिकले किचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बुलेट मोटरसाइकल पकलीबाट इटहरीतर्फ आउँदै गरेको थियो । इटहरी आउँदै गरेको मोटरसाइकललाई सुरुमा को १ क ३३८८ टिपरले ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकलमा सवार दम्पती लडेका थिए । सोहीबेला गुडिरहेको प्रदेश १–०२–००१ ज ३८११ नम्बरको म्याजिक भ्यानले किचेको सुनसरी प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका दुवै दुवैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार सिसिटिभी फुटेजमा म्याजिकसँगै अर्को एउटा टिप्परले पनि ठक्कर दिएको देखिएकाले गर्दा त्यसबारे पनि अनुसन्धान भइरहेको छ ।

प्रहरीले म्याजिक चालकलाई भने नियन्त्रणमा लिइसकेको छ ।

प्रकाशित समय: आईतबार ९ मङ्सिर, २०८१, १८:३४:३९

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
९ घण्टाअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
१६ घण्टाअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
१६ घण्टाअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
१ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
२ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
३ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०