काम खोज्दै मुस्ताङ पुगेका टंकलाल, जो बने होटल ताजमहलको मालिक

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । कामको खोजीमा मुस्ताङ पुगेका काभ्रेको नमोबुद्ध नगरपालिका–५ का टंकलाल श्रेष्ठ होटल ताजमहलको मालिक बनेका छन् ।

वि.सं २०५३ भदौ १३ गते १३ वर्षकै उमेरमा कामको खोजीमा मुस्ताङको घाँसामा पुगेका श्रेष्ठको अहिले बेनी नगरपालिका–९, गलेश्वरमा होटल ताजमहल लज एन्ड रेस्टुरेन्ट चलिरहेको छ ।

श्रेष्ठले गलेश्वरमा घर निर्माण व्यवसाय पनि थालेको तीन वर्ष भयो ।

मुस्ताङका पूर्वसांसद रोमी गौचनकहाँ साढे पाँच वर्ष काम गरेपछि बेनीस्थित होटल यतीमा २०५८ सालदेखि नौ वर्ष सहयोगी हुँदै ‘कुक’ बनेका थिए उनी ।

बेनी नगरपालिका–९, गलेश्वरमा रहेको होटल रिभरसाइडलाई लिजमा लिएर २०६७ देखि २०७५ सम्म सञ्चालन गरेपछि चार वर्ष होटल मदरल्यान्ड पनि लिजमै सञ्चालन गरे ।

२०७९ सालदेखि आफ्नै लगानीमा उनले सञ्चालन गरेको होटल ताजमहलमा श्रेष्ठको परिवारका चार जनासहित ११ जनाले रोजगारी पाएका छन् ।

टंकलाल भन्छन्, “मेरो छोरा, छोरी, श्रीमती, म र अरू सात जना स्टाफले होटलमा काम गर्दै आएका छौँ ।”

वि.सं २०६० को दशकमा नेपाली सेनाले बेनी–जोमसोम सडक खण्डको पाइलट ट्र्याक खोलेसँगै धेरै सम्भावना पनि खुल्दै आए ।

यही क्षेत्रमा काम खोज्दै आएकाहरू आफैँ मालिक बन्दै रोजगारी दिने हैसियतमा पुग्न सफल भएका छन् ।

दुई दशकअघिसम्म भरिया र खच्चडले सामान ढुवानी गर्नुपर्ने बेनीलगायतका क्षेत्रमा सडक, बिजुली र सञ्चार सुविधा पुगेपछि स्थानीयवासीको जीविकाका अनेक सम्भावना मात्र खुलेनन्, जागरुकहरूले लोभलाग्दो आर्थिक उपार्जन पनि गरेका छन् ।

प्रकाशित समय: आईतबार ९ मङ्सिर, २०८१, १८:२१:२४

सम्बन्धित खबर

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
४ हप्ताअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
१ महिनाअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
१ महिनाअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
२ महिनाअघि

कर तिर्नेलाई सरकारको उपहार : १०–१० लाख रुपैयाँ जित्ने अवसर

मङ्गलबार ५ साउन, २०८३
२ महिनाअघि

प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै

सोमबार ४ साउन, २०८३
२ महिनाअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०