काम खोज्दै मुस्ताङ पुगेका टंकलाल, जो बने होटल ताजमहलको मालिक

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ मङ्सिर, २०८१
२ वर्षअघि

विराटनगर । कामको खोजीमा मुस्ताङ पुगेका काभ्रेको नमोबुद्ध नगरपालिका–५ का टंकलाल श्रेष्ठ होटल ताजमहलको मालिक बनेका छन् ।

वि.सं २०५३ भदौ १३ गते १३ वर्षकै उमेरमा कामको खोजीमा मुस्ताङको घाँसामा पुगेका श्रेष्ठको अहिले बेनी नगरपालिका–९, गलेश्वरमा होटल ताजमहल लज एन्ड रेस्टुरेन्ट चलिरहेको छ ।

Advertisement

श्रेष्ठले गलेश्वरमा घर निर्माण व्यवसाय पनि थालेको तीन वर्ष भयो ।

मुस्ताङका पूर्वसांसद रोमी गौचनकहाँ साढे पाँच वर्ष काम गरेपछि बेनीस्थित होटल यतीमा २०५८ सालदेखि नौ वर्ष सहयोगी हुँदै ‘कुक’ बनेका थिए उनी ।

बेनी नगरपालिका–९, गलेश्वरमा रहेको होटल रिभरसाइडलाई लिजमा लिएर २०६७ देखि २०७५ सम्म सञ्चालन गरेपछि चार वर्ष होटल मदरल्यान्ड पनि लिजमै सञ्चालन गरे ।

२०७९ सालदेखि आफ्नै लगानीमा उनले सञ्चालन गरेको होटल ताजमहलमा श्रेष्ठको परिवारका चार जनासहित ११ जनाले रोजगारी पाएका छन् ।

टंकलाल भन्छन्, “मेरो छोरा, छोरी, श्रीमती, म र अरू सात जना स्टाफले होटलमा काम गर्दै आएका छौँ ।”

वि.सं २०६० को दशकमा नेपाली सेनाले बेनी–जोमसोम सडक खण्डको पाइलट ट्र्याक खोलेसँगै धेरै सम्भावना पनि खुल्दै आए ।

यही क्षेत्रमा काम खोज्दै आएकाहरू आफैँ मालिक बन्दै रोजगारी दिने हैसियतमा पुग्न सफल भएका छन् ।

दुई दशकअघिसम्म भरिया र खच्चडले सामान ढुवानी गर्नुपर्ने बेनीलगायतका क्षेत्रमा सडक, बिजुली र सञ्चार सुविधा पुगेपछि स्थानीयवासीको जीविकाका अनेक सम्भावना मात्र खुलेनन्, जागरुकहरूले लोभलाग्दो आर्थिक उपार्जन पनि गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०