बिक्री गर्ने समयमा सुन्तला झर्न थालेपछि कृषक इन्तु न चिन्तु

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ७ मङ्सिर, २०८१
२ वर्षअघि

म्याग्दी । हिमाली जिल्ला म्याग्दीका किसान बिक्री गर्ने समय हुन लागेको सुन्तला झर्दा किसान चिन्तित भएका छन् ।

सुन्तला पकेट क्षेत्रका रूपमा रहेको बेनी नगरपालिका-३ र ४ मा कृषकहरूको बगानका सुन्तला आफैँ झर्न थालेपछि उनीहरूलाई चिन्ता परेको हो ।

बेनी नगरपालिका –४ बास्कुनाका किसानमा सुन्तला झरेर सकिने हो कि ! भनेर चिन्ता थपिएको हो ।

अबको एक महिनाभित्र बेचेर सकिने सुन्तला झर्दा निकै चिन्ता थपिएको कृषक सन्दीप खत्री बताउँछन् ।

बास्कुना क्षेत्रको ठुलो बगान रहेका खत्रीले भने,‘सुन्तला झर्न थालेपछि कृषि ज्ञान केन्द्र, बेनी नगरपालिकाको कृषि शाखा तथा गण्डकी प्रदेशबाट समेत प्राबिधिक बोलाएर नमुना संकलन गरेर लगेको भए पनि झर्नुको कारण भने खुल्न सकेको छैन ।’

सुन्तलामा पर्याप्त मात्रामा सिँचाइ पनि पुगेकै हो, तर पनि सुन्तला झर्नुको कारण पत्ता लागेको छैन ।

औंसा किरा परेर, सिँचाइको मात्रा नपुगेर वा फ्रुट फ्लाइ नाम किराको आक्रमणबाट गरी यो तीन कारणले सुन्तला झरेको हुन सक्ने भनेर प्राविधिहरूले भने पनि यकिन कारण भने नखुल्न नसकेको उनको दुःखेसो छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले बास्कुनाका कृषकहरूका सुन्तलाप्रति चासो राख्दै झर्नुको कारण चाँडो पत्ता लगाउन भनेकी छन् ।

अर्का कृषक नरबहादुर खत्रीले आफूले सुन्तला खेती गर्न लागेको २० औं वर्ष भए पनि यतिका धेरै सुन्तला झरेको यसभन्दा अघि कहिल्यै नदेखेको बताए ।

कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी गंगा लामिछानेले सुन्तला बगानमा गएर नमुना संकलन गरेर प्रदेशमा पठाइएको भए पनि त्यसको आधिकारिक केही कारणबाट जानकारी नआएको बताइन् ।

कृषकहरूले समस्याको बारेमा बताएको भए पनि त्यसमा गएर अनुसन्धान गर्दा पनि थप कारण पत्ता नलागेकाले ल्याब परीक्षणकै लागि नमुना पठाइएको उनको भनाइ छ ।

बेनी नगरपालिका–४ बास्कुना क्षेत्रमा मात्र गत वर्ष ७५–८० लाख रुपियाँको सुन्तला बिक्री भएको थियो ।

त्यस्तै, बेनी नगरपालिका –३ को राखु तथा मरेक क्षेत्रबाट पनि त्यत्ति नै मात्रामा सुन्तला बिक्री भएको थियो ।

यस वर्ष गत वर्षभन्दा सुन्तला राम्रो फलेको भए पनि बिक्रीको समयमा झर्न थाल्दा समस्या भएको उनको भनाइ छ ।

प्रकाशित समय: शुक्रबार ७ मङ्सिर, २०८१, १८:२९:५६

सम्बन्धित खबर

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
३ दिनअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
६ दिनअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
१ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
२ महिनाअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०