दीपक मनाङे कारागार चलान, ६ वर्षपछि हातमा लाग्यो हतकडी

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।

मंगलबार काठमाडौँको सानोभर्‍याङबाट पक्राउ परेका मनाङेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो ।

Advertisement

राजनीतिक दबाब र प्रभावमा पक्राउबाट जोगिँदै आएका गुरुङको हातमा ६ वर्षपछि फेरि हतकडी लागेको हो ।

यसअघि उनी २०७५ वैशाख ६ गते पक्राउ परेका थिए । त्यतिबेला उनी पनि गण्डकी प्रदेशका प्रदेशसभा सदस्य थिए ।

अहिले पक्राउ परेको घटना र त्यतिबेला पक्राउको घटना एउटै मुद्दासँग केन्द्रित छ ।

मनाङेलाई मंगलबार बिहान स्वयम्भू नजिकै सानो भर्‍याङबाट पक्राउ गरिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मनाङेलाई आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

६ वर्षअघि पक्राउ पर्दा पनि मनाङे स्वयम्भूमै थिए ।

२०६१ वैशाख ३१ मा महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा चक्रे मिलन भन्ने मिलन गुरुङलाई तरवार प्रहार गरेर हात छिनालेको अभियोग मनाङेमाथि थियो ।

उक्त घटनापछि ज्यान मार्ने उद्योग मुद्दामा मनाङेविरुद्ध काठमाडौं जिल्ला अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो ।

काठमाडौं जिल्ला अदालतको फैसलामाथि पुनरावेदन गरेका मनाङेविरुद्ध उच्च अदालत पाटनले २०६९ साउन २८ गते जिल्लाकै फैसलालाई सदर गरिदियो ।

त्यसपछि मनाङे सर्वोच्च पुगे । सर्वोच्च अदालतले पनि हालै पुनरावेदनकै फैसलालाई सदर गरिदियो ।

ज्यान मार्ने उद्योगमा मनाङे यसअघि दुई पटक गरेर ३२ महिना जेल बसिसकेका कारण अब बाँकी २८ महिना कैद भुक्तान गर्नुपर्नेछ।

पटकपटक मन्त्री र प्रदेश सरकार गठनमा मन्त्रालयको बार्गेनिङ गर्दै आएका मनाङेको अबको केही महिना जेलभित्र बास हुनेछ ।

मनाङेलाई मंगलबार जिल्ला अदालतमा उपस्थित गराएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको सीआईबीका प्रमुख, एआईजी दीपक थापाले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
२ दिनअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
४ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
१ हप्ताअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०