विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकामा भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कानेपोखरी-४ बयरवनका वसन्त सार्की रहेको मोरङ प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार देवरको खुकुरी प्रहारबाट ५५ वर्षीया शिवा श्रेष्ठ (सार्की) गम्भीर घाइते भएकी छन् ।
घरयासी विवादका क्रममा शनिबार राति ८ बजेतिर वसन्तले भाउजूलाई खुकुरीले हानेकको डिएसपी जोशीले जानकारी दिए ।
घाइते उनलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको छ । खुकरी प्रहारबाट शिवाको दाहिने हातको नाडी र दाहिने पातामा गहिरो चोट लागेको छ ।
घटनामा संलग्न वसन्त पक्राउ परिसकेका छन् । उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्दा चलाउन थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको जानकारी जोशीले दिए ।