विराटनगर । धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानहरूमा अवैध रूपमा लगाएको र प्राकृतिक रूपमा आफैं उम्रिएका गाँजाको बोटहरू प्रहरीले फडानी गरी नष्ट गर्दै आइरहेको छ ।
यसबीचमा, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८१ अन्तर्गत अबैध रूपमा लगाएका गाँजाका बोटहरू नष्ट गर्ने अभियान अनुसार ठुलो परिमाणमा गाँजाका बोट फडानी र नष्ट गरिएको छ ।
शुक्रबार धनकुटाको इलाका प्रहरी कार्यालय छिन्ताङ,भेडेटार, प्रहरी चौकी आँखीसल्ला र त्रिवेणीबाट परिचालन भएको प्रहरी टोलीले सहिदभूमि गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजा खेती नष्ट गरेको हो ।
धनकुटाका विभिन्न स्थानका १७ रोपनी क्षेत्रफलमा प्राकृतिक रूपमा डाँडा पाखामा हुर्केका २४ हजार ४ सय गाँजाकाबोटहरू फडानी गरी जलाई नष्ट गरेको छ ।
यसैगरी भोजपुरको इलाका प्रहरी कार्यालय घोडेटार, भोजपुर बाट खटिएको प्रहरी टोलीले हतुवागढी गाउँपालिका विभिन्न क्षेत्रमा करिव १८ रोपनी पाखाबारीमा लगाएको १४ हजार १ सय गाँजाको बोट फडानी गरी जलाई नष्ट गरेको छ ।