फिल्म छाडेर प्रत्यक्ष राजनीतिमा होमिए साउथका सुपरस्टार थलपती विजय

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १२ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । दक्षिण भारतीय फिल्मका सुपरस्टार विजय थलापथी फिल्म र अभिनयको करिअरलाई छाडेर प्रत्यक्ष राजनीतिमा होमिएका छन् ।

थलपतिको राजनीतिक दलले ‘तमिलगा वेत्री कझगम (टीभीके)’ ले आधिकारिकता पाएसँगै उनी प्रत्यक्ष राजनीतिमा होमिएका हुन् ।

अब उनले सोही दलबाट प्रत्यक्ष निर्वाचनसमेत लड्न पाउने भएका छन् ।

उनले गत फेब्रुअरीमै पार्टी स्थापना गरेका थिए । जसले हालसालै आधिकारिकता पाएको हो ।

दलले आधिकारिता पाएपछि थलपतिले आइतबार पहिलो र्‍याली तथा आमसभा तमिलनाडुको विल्लुपुरममा गरेका थिए ।

उक्त सभामा जनसागर नै उर्लिएको थियो । उनको समर्थनमा हजारौँ सर्वसाधारणले सहभागिता जनाएका हुन् ।

थलापथीले आइतबार आमसभालाई सम्बोधन गर्दै आफ्नो पार्टीको विचार धर्मनिरपेक्षता र सामाजिक न्यायको सिद्धान्तमा आधारित रहेको बताए ।

उनले त्यहीअनुसार पार्टी सञ्चालन गर्ने समेत बताए ।

उनले आफ्नो पार्टीले सरकारी कामकाजका लागि तमिल र अंग्रेजी भाषा उपयोग गर्ने बताए ।

थलपती राजनीतिमा आएपछि अब तमिलनाडुको आगामी विधानसभा चुनाव निकै रोचक हुने अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

तमिलनाडुमा द्रविड मुन्नेत्र कझगम (डीएमके) र अखिल भारतीय अन्ना द्रविड मुनेत्र कझगम (एआईएडीएमके) पार्टीको प्रभुत्व रहेको छ। पछिल्लो समय तमिलनाडुमा भारतीय जनता पार्टी (भाजपा) को समेत प्रभाव बढ्दो छ ।

यसै क्रममा थलपतिले पनि राजनीतिमा प्रवेश गरेपछि आगामी चुनाव निकै रोचक हुने प्रक्षेपण गरिएको छ ।

५० वषीय थालापथी साउथ फिल्मका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतामध्ये एक थिए ।

साउथ फिल्म इन्डस्ट्रीका सुपरस्टार उनको बिस्ट, मास्टर जस्ता धेरै सुपरहिट फिल्म गरेका छन् ।

उनी पछिल्लो समय द ग्रेटेस्ट अल द टाइम (गोट) मा देखिएका थिए ।

प्रकाशित समय: सोमबार १२ कार्तिक, २०८१, २२:०७:५५
बाढी–पहिरोबाट क्षतिग्रस्त संरचनाको अध्ययनमा १५० भन्दा बढी इन्जिनियर परिचालन
शुक्रबार ९ असोज, २०८३
 सप्तकोशीमा जलसतह बढ्यो, कोशी ब्यारेजका ३१ ढोका खोलिए
शुक्रबार ९ असोज, २०८३
आईसीसी टी–२० वरियतामा नेपाल दुई स्थान माथि, १४औँ स्थानमा उक्लियो
शुक्रबार ९ असोज, २०८३
एसियाली खेलकुद : अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको विजयी सुरुवात
शुक्रबार ९ असोज, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, तुम्लिङटार र भरतपुरका उडान रद्द
शुक्रबार ९ असोज, २०८३
सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार
शुक्रबार ९ असोज, २०८३
बाढी–पहिरोले बीपी राजमार्ग अवरुद्ध, धुलिखेलमा सवारीसाधन होल्ड
शुक्रबार ९ असोज, २०८३
एसियन गेम्स : महिला कबड्डीमा भारतसँग पराजित हुँदै नेपालले जित्यो कास्य
शुक्रबार ९ असोज, २०८३
‘हामीले सिर्जना नै नगरेको संकटको मूल्य चुकाइरहेका छौँ’
शुक्रबार ९ असोज, २०८३
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०