चिनियाँसँग १६ वर्षीया किशोरीलाई बिवाह गराउने आठ जना पक्राउ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ८ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतरामा विदेशी नागरिकसँग बालविवाह गराउने बेहुलीका बाबुसहित ८ जनालाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

धनकुटाको छथर जोरपाटी–२ की १६ वर्षकी किशोरीलाई चिनियाँ नागरिकसँग जबरजस्ती बालविवाह गराउने बेहुलीका बुवा ३९ वर्षीय लोकबहादुर परियारसहित आठ जनालाई पक्राउ गरेको हो ।

सुनसरीको वराहक्षेत्र नगरपालिका-१ चतराबाट असोज ३० गते गते गिरफतार गरेर सार्वाजनिक गरिएको हो ।

बालिकालाई चीनको हुबेल बस्ने ३३ वर्षीय ली टेङ्सँग बालविवाह गराउँदै गरेको अवस्थामा बेहुलासहितका सहभागीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको छ ।

छोरीलाई जबरजस्ती विवाह गराउने किशोरीका बाबु ३९ वर्षीय लोकबहादुर परियार, बेहुला चिनियाँ नागरिक लि टेङ्, उदयपुरको बेलका नगरपालिका–९ का ४३ वर्षीया दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय सितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिकहरू ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

व्यापार व्यवसायसँग जोडिएर नेपाली युवतीहरूसँग चिनियाँ नागरिकले विवाह गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

पक्राउ परेका सबैलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुसन्धान थालिएको छ ।

विवाह गर्न नेपाली महिलाको उमेर २० वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था छ । मुलुकी अपराध (संहिता) ऐन २०७४ मा २० वर्ष नपुगी विवाह गर्न-गराउन नपाउने उल्लेख छ ।

साथै कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँ जरिवाना हुने व्यवस्था छ ।

प्रकाशित समय: बिहिबार ८ कार्तिक, २०८१, २१:४२:१८
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०