मोरङ प्रहरीमा हलचल : इन्स्पेक्टरसहित चार जनामाथि अनुसन्धान थालियो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ६ कार्तिक, २०८१
२ वर्षअघि

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा हलचल आएको छ । पछिल्लो पटक अनलाईन जुवा र क्रिप्टोसँग जोडिएको विषय उजागर भएपछि मोरङ प्रहरीमा हलचल सुरु भएको हो ।

पछिल्लो पटक मोरङका एसपी नवराज कार्कीसहित पाँच प्रहरी अनुसन्धानमा तानिएका छन् । जसअनुरूप एसपी कार्की त प्रहरी प्रधान कार्यालय नै तानिएका छन् ।

Advertisement

एसपी कार्कीको निर्देशमा जुवा तथा अनलाइन (क्रिप्टो) कारोबारीसँग २५ लाख लिएको प्रकरणमा मोरङ प्रहरीमा कार्यरत एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित चारजना आफ्नो नियन्त्रणमा लिएर कोशी प्रदेश प्रहरी कार्यालयले छानबिन र अनुसन्धान अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराई, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार सरोज श्रेष्ठ र इलाका प्रहरी कार्यालय बेलबारीमा कार्यरत हवल्दार खगेन्द्र राउतमाथि अनुसन्धान भइरहेको छ ।

४० लाख रुपैयाँ लिएर अबैध कारोबारमा रहेकालाई पक्राउ नगर्ने सहमति कार्कीको टिमले गरेको बताइएको छ ।

जसमा २५ लाख रुपैयाँको लेनदेन तत्कालै भएको खुलेको छ ।

तर, प्रहरी, अबैध कारोबारी र बिचौलियाबीचको अविश्वासको कारण घटनाको रिपोर्ट उपल्लो नेतृत्वमा पुग्दा एसपीसहित प्रहरी छानविनमा तानिएका हुन् ।

दसैं तथा आसपासको समयमा मोरङमा तस्करी र जुवाजन्य गतिविधि बढेको र त्यसमा प्रहरीकै संरक्षण र समन्वय रहेको पाइएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टरसहित चारजनालाई प्रदेश प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान एवम् छानबिन प्रारम्भ गरिएको बताए ।

घुमुवा प्रहरीका रूपमा खटिँदै आएका चारै जनामाथि जुवाजन्य र तस्करीका गतिविधिको संरक्षण गरेको र जुवा खेल्ने र खेलाउनेसँग लाखौं रूपैयाँ लिएको आरोप लागेको छ ।

उनीहरूमाथि अनलाइन जुवाको सेटिङ गर्ने अनि गराइदिने र त्यस वापत मोटो रकम असुल गर्ने साथै तस्करीजन्य गतिविधिको पनि समन्वय र संरक्षण गर्ने गरेको आरोप लगेको छ ।

प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दाहालका अनुसार प्रदेश प्रहरी कार्यालयले उनकै संयोजकत्वमा गठन गरेको छानबिन समितिले इन्स्पेक्टर भट्टराईसहितका चारजना प्रहरीमाथि अनुसन्धान र छानबिन सुरु गरेको हो ।

चारजना प्रहरीलाई प्रदेश कार्यालय ल्याएर आफ्नो संयोजकत्वमा गठित छानबिन समितिले आवश्यक अनुसन्धान, सोधपुछ र बयान लिने काम गरिरहेको दाहालले बताए ।

यसैबीचमा एसपी नवराज कार्की हेडक्वाटर तानिएपछि मोरङ जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियाले सम्हालेका छन् ।

हेडक्वाटरको निर्णयअनुसार नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका गणपति प्रहरी उपरीक्षक चिमरिया जिल्ला प्रहरी कार्यालय मोरङमा सोमबार हाजिर भई मोरङ प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

एसपी कार्की हेडक्वाटर तानिएपछि मोरङ प्रहरी प्रमुखका रूपमा राजन लिम्बु आउन लागेका थिए । तर, नेपाली कांग्रेसको अवरोधका कारण लिम्बुको स्थानमा चिमरिया मोरङ आएका हुन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०