झापा । मलद्वारमा लुकाएर ब्राउन सुगर ल्याउँदै गरेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रेको साविक गाविस भीमखोरी-८ बस्ने २६ वर्षीय होमकुमार मैनाली रहेका छन् ।
पूर्वी नाका झापाको काँकरभिट्टाबाट उनलाई प्रहरीले भारतको पानीट्यांकीबाट १३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
शनिबार राति ९ः३० बजे मेचीनगर-६ पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरिएको हो ।
तीन पांग्रे विद्युतीय साधन सिटीसफारीमा नेपालतर्फ आइरहेका मैनालीलाई शंका लागेर शरीर तलासी लिँदा मलद्वारमा प्लास्टिकसहित १४ ग्राम ८५० मिलिग्राम र प्लास्टिकबाहेक १३ ग्राम ब्राउनसुगर भेटिएको थियो ।
उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।