दुहवी । प्राविधिक तथा व्यवासायिक शिक्षा र तालिम (टिभेट) को गुणस्तर सुधारका लागि दुहवी नगरपालिकाका मेयर वेदनारायण गच्छदारको नेतृत्वमा टिभेट बोर्डमार्फत कोशी आइल्याब टिमले सक्रियता बढाएको छ ।
सिटिइभिटी तथा प्रदेश सरकारले सञ्चालन गरेको औद्योगिक प्रशिक्षार्थी तालिमका लागि अघिल्लो वर्षहरूमा आवेदन नै कम पर्ने गरेको समस्यालाई सम्बोधन गर्न कोशी आईल्याब टिमको सक्रियतामा दुहवी र रामधुनी नगरपालिकामा औद्योगिक प्रशिक्षार्थी तालिमका बारेमा अभिमुखीकरण तथा वृत्ति पथको बारेमा कार्यक्रम सम्पन्न गरिएको छ ।
तालिमका लागि आवेदन कम पर्ने, कम आवेदनबाट छनोट गर्नुपर्दा राम्रो मान्छे तालिमका लागि नआउने, उद्योगमा बसेर काम गर्दा बीचैमा छोडेर जाने जस्ता समस्या रहेकोमा कोशी आइल्याब टिमले युवाहरूमा औद्योगिक प्रशिक्षार्थीसम्बन्धी जागरण ल्याउन समुदायस्तरमा पुगेर अभिमुखिकरण गरेको हो ।
यस कार्यक्रमलाइ दुहबी नगरपालिका वडा न. ८ र रामधुनी नगरपालिकामा सम्पन्न गरिएको थियो भने यी कार्यक्रमहरूबाट १७५ जना युवा औद्योगिक प्रशिक्षार्थीहरूले ‘डुअल-भेट एप्रेन्टिसेसिप कार्यक्रममा लागि आवेदन फारम बुझाएका छन् ।
काठमाडौं विश्वविद्यालय र सिमेट, इटिएच जुरिचको सहकार्यमा सञ्चालित शिक्षा प्रणाली कार्यान्वयन प्रयोगशाला कार्यक्रमअन्तर्गत छनोट भएको कोशी टिमले स्थानीय सरकार, प्राविधिक शिक्षालय र निजी क्षेत्रको सहभागितामा गठन भएको टिभेट बोर्डमार्फत काम गरिरहेको छ ।
दुहबी नगरपालिका प्रमुख वेदनारायण गच्छदारका अनुसार वैदेशिक रोजगारीमा शारीरिक सुरक्षा र जोखिमको सम्भावना धेरै रहेको उल्लेख गर्दै स्वदेशमा आफ्नै घरपरिवारसित एकै ठाउँमा बसेर रोजगारी गर्नुमा धेरै फलदायी हुने बताए ।
उनले दुहबी नपाले औद्योगिक प्रशिक्षार्थीलाई १९.५ महिना औद्योगिक अभ्यास र ३.५ महिना शिक्षालयमा अध्ययन गराउने उद्योगलाई व्यावसायिक करमा ५ प्रतिशत छुट दिने निर्णय गरेको जानकारी गराए ।
साथै, दुहबीका ६ वटा सामुदायिक माध्यमिक विद्यालय र २ वटा संस्थागत विद्यालयमा संचालित कक्षा ९ र १० का विद्यार्थीहरूलाई दिने वृत्ति परामर्श कार्यक्रममा ९ को ६ वटा सेसनमा थप १ सेसन निजी क्षेत्रसँग सहकार्य गरि निजी क्षेत्रका संचालक/बिज्ञहरुबाट शिक्षाको संसारमा रहेका विद्यार्थीहरूलाई कामको संसार बारे ‘श्रम संसार ‘ अभिमुखीकरण सेसनको राख्ने निर्णय भएको र यसका लागि पालिका र स्कुलसँग वृत्ति परामर्श कार्यक्रमको सम्झौतामा थप एक शर्त राखेर हस्ताक्षर गरिने उनले जनाए ।
त्यसैगरी, रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले अहिलेको समयमा शैक्षिक अध्ययनको प्रमाणपत्र मात्र भएर नपुग्ने चर्चा गर्दै हरेक युवायुवतीले आफ्नो रुचि र सामर्थ्य अनुसारको सिप र प्रविधिको ज्ञान हासिल गर्नु अनिवार्य भएको बताए।
दुहबी नगरपालिका र रामधुनी नगरपालिका अन्तर्गतका रोजगार सूचना केन्द्र, उधम विकास शाखा र शिक्षा शाखाको समन्वयमा मनमोहन स्मृति प्रतिष्ठान र उद्योग संगठनको सहकार्यमा संचालित यस कार्यक्रममा, अरिहन्त मल्टीफाइबरका मानव संसाधन म्यानेजर नारायण लामिछाने, नेपाल युवा महासंघका अध्यक्ष राघब कोइराला, रिद्धि सिद्धि गार्मेन्टकि संचालक, महिला उधमी लक्ष्मी घिमिरे समेतको उपस्थिति रहेको थियो।
अरिहन्तका नारायण लामिछाने सरका अनुशार एप्रेन्सेटिभ कार्याक्रम अन्त्यन्त प्रभाबकारी रहेको र यस कार्यक्रममा अरिहन्त मल्टी-फाइबरले २०७५ साल बाट नै मनमोहन स्मृति प्रतिष्ठान संग सहकार्य गर्दै आइरहेको जानकारी दिएको थियो भने नेपाल युवा महासंघका अध्यक्ष राघब कोइरालाले यस कार्यक्रममा धेरैभन्दा धेरै युवा जोडिनु हुन र उद्योगलाई चाहिने खालको प्राविधिक बन्न शुभकामना दिएका थिए ।
यस कार्यक्रममा सामाजिक विकास मन्त्रालयका अधिकृत हरिप्रसाद दाहाल, उद्योग संगठन मोरंगका महानिर्देशक चुडामणि भट्टराई, मनमोहन स्मृति प्रतिष्ठानका प्राचार्य/प्रिन्सिपल सुदिप अधिकारी, इन्स्योर परियोजनाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
प्रदेश सरकारले संचालन गरेको यस कार्यक्रममा स्थनीय सरकारले गरेको सहकार्य उत्साहजनक रहेको र यसले अन्तरसरकारी समन्व्य बढिरहेको साथै प्रदेश सरकार र स्थानीय सरकारको प्राबिधिक शिक्षामा उल्लेखनीय चासो वृद्धि भएको देखिएको छ ।
औद्योगिक प्रशिक्षार्थी तालिम कार्यक्रममा निजी क्षेत्रको महत्वपुर्ण भूमिका हुने भएकोले निजि क्षेत्र आफै कार्यक्रमको सूचना प्रचार प्रसार र वृत्ति परामर्श देखि नै जोडिनु नौलो र सिर्जनात्मक अभ्यास रहेको थियो ।
आइ ल्याब को सकृयता सगै दुहबीमा अहिले प्राबिधिक शिक्षा तथा सिप बिकाश तालिमका लागी सहभागी हरुको घुंइचो लाग्ने गरेको छ। बृत मार्गनिर्देशन सिकाइ काक्षा ९/१० मा मात्रै रहे पनि हाल दुहबिले कक्षा ८ मा समेत सन्चालन गर्ने तयारी गरेको छ ।
बृहत् मार्गनिर्धेशन तालिमका कारण हाल प्राबिधिक शिक्षातर्फ भिड बढ्ने गरेको छ् ।
यसलाई आइ ल्याबले हप्ताको ६ दिनमा एक पिरियड अलग्गै राखेर सम्बन्धित उद्योग र विज्ञमार्फत शिक्षण सिकाइ गरिनेसमेत आइ ल्याब प्रतिनिधिले जनाएका छन् ।