इटहरीकी भिमादेवी, जसले बलात्कार मुद्दामा फसाउने भन्दै ३० लाख असुलिन्

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० असोज, २०८१
९ महिनाअघि

इटहरी । बलात्कार मुद्दामा फसाई दिने भन्दै प्रहरीसँग मिलेर ३० लाख असुल्ने भिमादेवि थापा पक्राउ परेकी छन् ।

सुनसरीको इटहरी निवासी थापालाई बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले ललितपुर भैसेपाटी प्रभागकी इन्स्पेक्टर बिनुकुमारी शाहीसँग मिलेर रकम असुली गरेको प्रहरीको आरोप छ ।

एक व्यवसायीलाई प्रभागकै हिरासतमा थुनामा राखेर ३० लाख असुली गरेको घटना बाहिर आएपछि थापा पक्राउ परेकी हुन् ।

सोही प्रकरणमा यसअघि नै सुष्मा विक र ताज इस्लामलाई पक्राउ गरेको प्रहरीले थापालाई गत बिहीबार पक्राउ गरेको हो ।

व्यापारीले दिएको ३० लाख मध्ये इटहरीकी थापाको खातामा २० लाख जम्मा भएको पाइएको छ ।

भैँसेपाटीमा भेट्न बोलाएको बेला ती व्यापारीलाई प्रभागको प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउपछि बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ गरेर युवतीले ६० लाख रुपैयाँ मागेको व्यापारीले बताए ।

पछि ३० लाख रुपैयाँमा सहमति भएपछि ती व्यापारीले फस्न सक्ने डरले पैसा बुझाएको उनले प्रहरीलाई बयान दिएका छन् ।

३० लाख मध्ये २० लाख रुपैयाँ खातामा जम्मा गरेको र १० लाखको चेक दिएका थिए । प्रहरीले चेक समेत बरामद गरेको बताएको छ ।

प्रारम्भिक सोधपुछमै घटना हनीट्रयापिङ भएको र त्यसमा प्रहरीले सहयोग गरेको खुलेपछि दुई जनालाई परिसरले थुनामा राखेर अनुसन्धान अघि बढाएको हो ।

युवतीले लिएको चेक समेत बरामद भएको छ भने पैसा हालिएको खातासमेत रोक्का राखिएको छ ।

घटनाका एक योजनाकार फरार छन् । ती व्यक्तिलाई भगाउन समेत भैँसेपाटी प्रभागको भूमिका देखिएको छ ।

घटनाको विषयमा डिएसपी नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरी छानबिन अघि बढाइएको छ ।

हाल प्रभागकी इन्स्पेक्टर शाहीको मिलेमतो देखिएपछि उनलाई निलम्बन गरिएको छ ।

प्रकाशित समय: आईतबार २० असोज, २०८१, २१:२४:४२
विराटनगरमा पूर्वप्रअले दुई करोड खर्चिएर सञ्चालनमा ल्याए डिभाइन जिम
शुक्रबार २७ असार, २०८२
खेलमय प्रदेश बनाउने ध्याउन्नमा प्रदेश खेलकुद विकास बोर्ड
शुक्रबार २७ असार, २०८२
भोटेकोशीमा आएको बाढीमा बेपत्ता थप दुई जनाको शव भेटियो
शुक्रबार २७ असार, २०८२
विराटनगरमा शिक्षकहरूका लागि ‘शिक्षक ज्योति मास्टर क्लास’ हुँदै
बिहिबार २६ असार, २०८२
फिफा वरीयतामा एक स्थान खस्कियो नेपालको
बिहिबार २६ असार, २०८२
काठमाडौंको मुख्य प्रशिक्षकमा मोन्टी
बिहिबार २६ असार, २०८२
जब २९ वर्षीया युवतीले युके पठाइदिने भन्दै ४१ लाख रुपैयाँ ठगिन्
बिहिबार २६ असार, २०८२
नेपालीले भारतबाट सुनका गहना चोरेर ल्याएपछि…
बिहिबार २६ असार, २०८२
धनपालथानमा उखुबारीमा भेटियो ८०१ किलो गाँजा
बिहिबार २६ असार, २०८२
Casinos That Approve Bitcoin: The Ultimate Guide
बुधबार २५ असार, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०