दुई नाबालिका छोरीको हत्या गरेकी अस्मिता कारागार चलान

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १७ असोज, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ मा विष खुवाएर दुई नाबालिका छोरीको हत्या आरोपमा पक्राउ परेकी २१ वर्षीय अस्मिता पौडेल (कार्की) पुर्पक्षको लागि कारागार चलान भएकी छन् ।

धनकुटाको पाख्रीवास नगरपालिका–६ घर भएर सुन्दरहरैंचा–७ मालती टोल बस्ने अस्मितालाई मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको हो ।

Advertisement

अदालतको आदेशपछि उनी जिल्ला कारागार मोरङ चलान भएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।

यही भदौ १४ गते बेलुकी पति अर्जुन कार्कीसँग सामान्य विवाद भएपछि अस्मिताले दुई छोरी तीन वर्षीया अर्पणा र एक वर्षीया आइंकालाई केराको बगानमा लगी विष सेवन गराएर हत्या गरेकी थिइन् ।

दुई बालिकाको शव यही भदौ १५ गते प्रहरीले सुनदरहरैंचा-७ स्थित केरा बगानमा फेला पारेको थियो । प्रहरीले हत्याको आरोपित अस्मितालाई खोजतलासको क्रममा भदौ १९ गते झापाबाट पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका-५ स्थित पूर्व-पश्चिम लोक मार्गनजिक एभरेस्ट बैंकअगाडिबाट उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेकी अस्मितालाई इलाका प्रहरी कार्यालय बेलबारीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको थियो ।

निर्माणाधीन घरमा पानी नलगाएको विषयलाई लिएर पति ३१ वर्षीया अर्जुन कार्कीसँग विवाद भएपछि उनले छोरीहरूको हत्या गरेको स्वीकारेकी थिइन् ।

यसरी भएको थियो घटनाः

अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भइ सुन्दरहरैंचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् ।

अर्जुन दुई छोरी र पत्नीसहित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । आइंका र अपर्णा नाबालिका छोरीहरू हुन् ।

अर्जुनले नयाँ घर निर्माण पनि गर्दै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयलाई लिएर अर्जुन र अस्मिताबीच विवाद सुरु भएको थियो ।

पतिसँगको विवादले रिसाएकी अस्मिता शुक्रबार साँझ कलिला नानीहरू लिएर बेपत्ता भएकी थिइन् ।

अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर पतिको मोबाइलमा म्यासेज पठाएकी थिइन् ।

अस्मिताले प्रयोग गर्ने मोबाइल नाबालिकाहरुको शवनजिकै फेला परेको थियो ।

उनले पहिले मेटासिस पिइन् र छोरीहरूलाई पनि पियाइन् । विष खुवाएर छोरीलाई मारेपछि रातभर विक्षिप्त भएर जंगलतिर भौतारिइन् ।

भोलिपल्ट बेलबारीको खोसार्नेबाट गाडी चढेर बिर्तामोड पुगिन् । बिर्तामोडमा पाँच दिनसम्म जंगलको छेउ र बस्तीनजिक भौतारिएर विक्षिप्त मानसिकतामा हिँडेको थिइन्, उनी ।

मंगलबार राति १ जना शंकास्पद महिलाले स्थानीयको घरमा बास माग्दै हिँडेको भनेर स्थानीय सञ्चारकर्मीले प्रहरीलाई जानकारी दिएको थियो ।

प्राप्त जानकारीकै आधारमा हुलिया विश्लेषण गर्दै खोजी गर्दा अस्मितालाई जीवितै फेला पार्न प्रहरी सफल भएको हो ।

प्रहरीका अनुसार अस्मिता केही मानसिक समस्यामा रहेजस्तो पनि देखिन्छ ।

अस्मिताले आफूले पनि विष सेवन गरेको बयान दिएकी थिइन् ।

उनका भनाइअनुसार पतिसँग बारम्बार झैझगडा र विवाद हुने गरेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१२ घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
७ दिनअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०