दुहबी नगरपालिकामा ‘पढदै कमाउँदै’ कार्यक्रम, नगरप्रमुखले गरे विद्यार्थीसँग साक्षात्कार

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १६ असोज, २०८१
२ वर्षअघि

दुहबी । सुनसरीको दुहबी नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई) सकेर बसेका विद्यार्थीहरूलाई मध्येनजर गरी ‘पढदै कमाउँदै’ कार्यक्रमको थालनी गरेको छ ।

नगरप्रमुख वेदनारायण गच्छादारले  प्राविधिक शिक्षासँग जोडेर औद्योगिक प्रशिक्षार्थी अध्ययनका लागि पढ्दै कमाउँदै कार्यक्रम लिएर विद्यार्थीहरूसँग साक्षात्कार गरेका छन् ।

Advertisement

दुहबी नगरपालिका वडा नम्बर ८ मा मंगलबार विद्यार्थीहरूसँग चारवटा विषयमा औद्योगिक प्रशिक्षार्थी अध्ययनका लागी जानकारीसहित साक्षात्कार गरिएको हो ।

दीगो तथा सम्मानित रोजगारीका लागि इन्स्योर परियोजना हेल्भेटास, दुहबी नगरपालिका, लघु उद्यम शाखा, उद्योग संगठन मोरङ, मनमोहन पोलिटेक्निक बूढीगंगा गाउँपालिका, वडा नम्बर ८ को कार्यलयलगायत विद्यार्थीहरूको ठुलो संख्यामा उपस्थित रहेको थियो ।

वडा अध्यक्ष तारिकचन्द्र सरदारको अध्यक्षता र नगरप्रमुख गच्छादारको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

मनमोहन पोलिटेक्निकका प्राचार्य सुदीप अधिकारी, लघु उद्यमशाखाका प्रमुख दिवेस चौधरी, रोजगार शाखाका पवन प्रधान, शिक्षा शाखा प्रमुख विकाश घिमिरेलगायत सरोकारवाला निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

सीप आर्जन गरी सम्मानित जीवनयापनका लागि दुहबी नगरपालिकाले किशोर-किशोरीहरूलाई सिपमुलक आय आर्जनका थुप्रै कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

पढ्दै कमाउँदै कार्यक्रममा हाल चारवटा क्षेत्रमा ८० जना विद्यार्थीको आवेदन माग भएको छ । २४ महिने प्रि-डिप्लोमा इन मेकानिकल इन्जिनियर, इलेक्टिकल इन्जिनियर, अटोमोबाइल इन्जिनियर र आइटीमा हाल आवेदन माग गरिएको छ ।

साढे ३ महिना मनमोहन विश्वविद्यालय माअध्ययन गर्नु पर्ने र बाँकी साढे १९ महिना सम्बन्धित पढाइको क्षेत्र मिल्ने उद्योगमा काम गर्नुपर्ने हुन्छ ।

उक्त काम गरेबापत कम्पनीले मासिक एक चौथाइ तलब दिने छ ।

यसरी काम गर्दै र पढ्दै गरिसकेपछि विद्यार्थीको चाहनाअनुसार कम्पनीले उचित तलबसहितको रोजगारीसमेत उपलब्ध गराउने छ ।

त्यसका लागि दुहबीका नगरप्रमुख गच्छादारले उद्योगलाई ५ प्रतिशत राजश्वसमेत छुट गरिदिने कार्यपालिका बैठकबाट नै निर्णय गराइसकेका छन् ।

गच्छादारले युवाहरूलाई सीपसहितको शिक्षा दिलाई स्वरोजगार र आत्मनिर्भर बनाउने बाटोमा आफू सधैँ प्रयत्नशील रहेको सुनाए ।

विभिन्न तालिम र अध्ययनका लागि छात्रवृत्तिमा करोडौं खर्च गर्दै आएकोले युवाहरूले पनि कदम अगाडि बढाउनु पर्नेमा उनले जोड दिए ।

युवालाई रोजगार, सुरक्षा र विश्वासको जरुरत रहेको हुँदा आफू यसमा कहिले खुट्टा नकमाउने र सधैँ युवाहरूको आवश्यकताको ग्यारेन्टी गर्ने प्रतिबद्धता उनले ब्यक्त गरे ।

दुहबी नगरपालिकाले हाल इ-रिक्सा र गार्मेन्ट फेब्रिकेटरमा ४० जनाको आवेदन माग गरेको छ भने निकट भविष्यमै लाइट भेहिकल मेकानिक्स र कम्युटर हार्डवेर एन्ड नेटवर्किङ मा ४० जनाको आवेदन माग गर्दै छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए

शनिवार १० असोज, २०८३
१३ घण्टाअघि

नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन

शनिवार १० असोज, २०८३
१५ घण्टाअघि

विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने

शनिवार १० असोज, २०८३
१६ घण्टाअघि

‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’

शनिवार १० असोज, २०८३
१७ घण्टाअघि

मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी

शनिवार १० असोज, २०८३
१७ घण्टाअघि

अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा

शनिवार १० असोज, २०८३
१७ घण्टाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०