एमाले सांसदका छोराले बिनालाइसेन्स चलाएको मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गयो

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १० असोज, २०८१
८ महिनाअघि

विराटनगर । मोरङ बूढीगंगा गाउँपालिका-१ हिमगिरी साबुन फ्याक्ट्रीअगाडि मोटरसाइकलले ठक्कर दिई घाइते भएका पैदलयात्रुको उपचारका क्रममा मृत्यु भएको छ ।

शनिबार साँझ कोशी लोकमार्गमा नेमुवाबाट विराटनगरतर्फ आउँदै गरेको प्र १-०२-०४४ प ८४४ नम्बरको मोटरसाइकलले सडक क्रस गर्दै गरेको पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

७ः१० बजेतिर तीव्रगतिको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री झापाको चारआली बाराङटोल घर भई हाल बूढीगंगा-१ बस्ने २४ वर्षीय आकाश मण्डल गम्भीर घाइते भएका थिए ।

उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा बुधबार बिहानका राति २ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक ग्रामथान गाउँपालिका- ४ बस्ने १८ वर्षीय अक्षत माझी पनि घाइते भएका छन् । उनको पनि विराट शिक्षण अस्पतालमै उपचार भइरहेको छ ।

उनले बिनालाइसेन्स तीव्र गतिमा मोटरसाइकल हुँइक्याउँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

अक्षत नेकपा एमालेकी कोशी प्रदेशसभा सदस्य ललिताकुमारी चौधरीका छोरा हुन् । सत्तारूढ दल एमालेको तर्फबाट समानुपातिक सांसद रहेकी उनी एमाले प्रदेश संसदीय दलको सचेतक पनि हुन् ।

लाइसेन्स नै प्राप्त नगरेका छोरालाई मोटरसाइकल किनेर चलाउन दिनु अभिभावकको लापरबाही भएको प्रहरीले औंल्याएको छ ।

प्रकाशित समय: बिहिबार १० असोज, २०८१, ०६:४९:३९

सम्बन्धित खबर

निर्दयी आमाबुबा, जसले नौ वर्षीय छोराको हत्या गरेर जमिनमुनि गाडे

बुधबार १७ ब‌ैशाख, २०८२
२ हप्ताअघि

बच्चाहरूले लाइटर खेलाउँदा आगलागी : जलेर भाइको मृत्यु, भागेर दिदीले जोगाइन् ज्यान

शनिवार १३ ब‌ैशाख, २०८२
२ हप्ताअघि

इलाममा ज्वाइँले मारे जेठीसासुलाई

शनिवार १३ ब‌ैशाख, २०८२
२ हप्ताअघि

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक

मङ्गलबार ९ ब‌ैशाख, २०८२
३ हप्ताअघि

कारमा राखिएको एक क्विन्टल गाँजा बरामद, प्रहरीलाई देख्नेबित्तिकै टाप ठोके चालक

आईतबार ७ ब‌ैशाख, २०८२
३ हप्ताअघि

हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु

सोमबार १ ब‌ैशाख, २०८२
४ हप्ताअघि
खबर पूर्वाञ्चल अनलाइनको १०औँ वार्षिकोत्सव
सोमबार २९ ब‌ैशाख, २०८२
भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद
सोमबार २९ ब‌ैशाख, २०८२
लेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
सोमबार २९ ब‌ैशाख, २०८२
हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
सोमबार २९ ब‌ैशाख, २०८२
बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे
सोमबार २९ ब‌ैशाख, २०८२
विराटनगरको आदर्श विद्यालयमा सीप उत्सव, सूचना तथा प्रविधिमा पुष्पा र चन्द्रावती उत्कृष्ट
आईतबार २८ ब‌ैशाख, २०८२
कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्
आईतबार २८ ब‌ैशाख, २०८२
जाजरकोटमा कारागारमा थुनुवा मृत फेला
आईतबार २८ ब‌ैशाख, २०८२
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
आईतबार २८ ब‌ैशाख, २०८२
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
आईतबार २८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०