काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उक्त रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
दुर्गा प्रसाईंका छोरा नीराजन प्रसाईंले बुबालाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट निवेदन दायर गरेका थिए ।
प्रहरीले आइतबार प्रसाईंलाई पक्राउ गरेको थियो । गएको बुधबार जिल्ला अदालत काठमाण्डौले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो ।
विद्युतीय कारोबार ऐनअनुसारको कसुर गरेकाले उनीमाथि कारबाही चलाउनका लागि प्रहरीले प्रसाईंलाई पक्राउ गरेको हो ।