युवा नेता गिरीले गरे विपन्न परिवारलाई नगद तथा सामग्री सहयोग

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २९ भदौ, २०८१
८ महिनाअघि

विराटनगर । फाउन्डेसनको स्थापना गरी समाजसेवा तल्लीन रहँदै आएका युवा नेता अभिषेक गिरीले शनिबार विराटनगरका एक विपन्न, असहाय तथा गरिब परिवारलाई नगद तथा सामग्री सहयोग गरेका छन् । विराटनगर महानगरपालिका-१८ जतुवास्थित एक विपन्न परिवारलाई गिरीले आर्थिक रूपमा सहयोग गर्दै लत्ताकपडा पनि हस्तान्तरण गरेका हुन् ।

सिटी सफारी चलाउँदै आएको उक्त परिवारका छोरा वैदेशिक रोजगारका क्रममा विदेश गएका थिए । तर, स्वास्थ्य अवस्थाले साथ नदिएर स्वदेश फर्कनु परेपछि जाँदा लागेको ऋणपानसमेत तिर्न नसकेर परिवारको गुजारामै सकस भएको थियो ।

उक्त परिवारले लामो समयदेखि आर्थिक संकटको सामना गर्दै आएको थियो । सिटी सफारी चालकहरूमार्फत् उक्त कुरा अवगत भएपछि आफूले आज विपन्न परिवारको घरै पुगेर सहयोग गरेको गिरीले बताएका छन् । टिमसहित पुगेर नगद, सिरक र डसना हस्तान्तरण गरेका गरेको उनको भनाइ छ ।

‘सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा भावि दिनमा पनि यो परिवारले कुनै अप्ठ्यारो सामना गर्नुपरेमा थप सहयोग गर्नेछु,’ उनले भने ।

गिरीले फाउन्डेसनबाट सामाजिक सेवा गरिररहेका छन् भने कोशी सुधार अभियानको संयोजक बनेर सार्वजनिक तथा निजी अस्पताल र सामुदायिक विद्यालय सुधार गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, सरसफाइ र वृक्षारोपणमा सक्रियता जनाइरहेका छन् ।

त्यसबाहेक उनले समय-समयमा विभिन्न टोलमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्, जसले विपन्न वर्गलाई स्वास्थ्य सेवा उपलब्ध गराउन ठूलो योगदान पुऱ्याएको छ ।

गिरीले कोशी सुधार अभियानमार्फत् विराटनगरका केही निजी तथा सार्वजनिक अस्पतालमा निरीक्षण गर्ने कामलाई तीव्रता दिइरहेका छन् । शिक्षा, स्वास्थ्यलगायत विविध विषयमा सुधार गर्न तम्सिएका गिरीले केही दिनअघि मात्र सुनसरीको बर्जु गाउँपालिका-५ बर्जुमा स्थानीय युवाहरूले गरिरहेको निःशुल्क ट्युसन सेन्टरको अनुगमन गरेका थिए ।

त्यसबाहेक केही दिनअघि सुन्दरहरैंचा नगरपालिकामा-५ स्थित हसिना सिमसार तथा पर्यटकीय क्षेत्रमा केही दिनअघि वृक्षारोपण गर्ने र सरसफाइ गर्ने स्थानीयको काममा सघाउ पुर्‍याएका थिए । हालैमात्र उनले जिल्लास्तरीय फुटबल प्रतियोगितामा सहयोग गरी खेलाडीलाई हौसला प्रदान गरेका थिए ।

उनी भन्छन्, ‘समाजमा सबैले समान अवसर पाउनुपर्छ । गरिबी र असमानताका कारण उत्पन्न हुने समस्याहरूलाई कम गर्नका लागि एक-अर्कालाई सहयोग गर्ने कामलाई निरन्तरता दिएको हुँ ।’

प्रकाशित समय: शनिवार २९ भदौ, २०८१, १९:१२:४०

सम्बन्धित खबर

निर्दयी आमाबुबा, जसले नौ वर्षीय छोराको हत्या गरेर जमिनमुनि गाडे

बुधबार १७ ब‌ैशाख, २०८२
२ हप्ताअघि

बच्चाहरूले लाइटर खेलाउँदा आगलागी : जलेर भाइको मृत्यु, भागेर दिदीले जोगाइन् ज्यान

शनिवार १३ ब‌ैशाख, २०८२
२ हप्ताअघि

इलाममा ज्वाइँले मारे जेठीसासुलाई

शनिवार १३ ब‌ैशाख, २०८२
२ हप्ताअघि

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक

मङ्गलबार ९ ब‌ैशाख, २०८२
३ हप्ताअघि

कारमा राखिएको एक क्विन्टल गाँजा बरामद, प्रहरीलाई देख्नेबित्तिकै टाप ठोके चालक

आईतबार ७ ब‌ैशाख, २०८२
३ हप्ताअघि

हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु

सोमबार १ ब‌ैशाख, २०८२
४ हप्ताअघि
खबर पूर्वाञ्चल अनलाइनको १०औँ वार्षिकोत्सव
सोमबार २९ ब‌ैशाख, २०८२
भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद
सोमबार २९ ब‌ैशाख, २०८२
लेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
सोमबार २९ ब‌ैशाख, २०८२
हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
सोमबार २९ ब‌ैशाख, २०८२
बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे
सोमबार २९ ब‌ैशाख, २०८२
विराटनगरको आदर्श विद्यालयमा सीप उत्सव, सूचना तथा प्रविधिमा पुष्पा र चन्द्रावती उत्कृष्ट
आईतबार २८ ब‌ैशाख, २०८२
कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्
आईतबार २८ ब‌ैशाख, २०८२
जाजरकोटमा कारागारमा थुनुवा मृत फेला
आईतबार २८ ब‌ैशाख, २०८२
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
आईतबार २८ ब‌ैशाख, २०८२
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
आईतबार २८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०