युवा नेता गिरीले गरे विपन्न परिवारलाई नगद तथा सामग्री सहयोग

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २९ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । फाउन्डेसनको स्थापना गरी समाजसेवा तल्लीन रहँदै आएका युवा नेता अभिषेक गिरीले शनिबार विराटनगरका एक विपन्न, असहाय तथा गरिब परिवारलाई नगद तथा सामग्री सहयोग गरेका छन् । विराटनगर महानगरपालिका-१८ जतुवास्थित एक विपन्न परिवारलाई गिरीले आर्थिक रूपमा सहयोग गर्दै लत्ताकपडा पनि हस्तान्तरण गरेका हुन् ।

सिटी सफारी चलाउँदै आएको उक्त परिवारका छोरा वैदेशिक रोजगारका क्रममा विदेश गएका थिए । तर, स्वास्थ्य अवस्थाले साथ नदिएर स्वदेश फर्कनु परेपछि जाँदा लागेको ऋणपानसमेत तिर्न नसकेर परिवारको गुजारामै सकस भएको थियो ।

Advertisement

उक्त परिवारले लामो समयदेखि आर्थिक संकटको सामना गर्दै आएको थियो । सिटी सफारी चालकहरूमार्फत् उक्त कुरा अवगत भएपछि आफूले आज विपन्न परिवारको घरै पुगेर सहयोग गरेको गिरीले बताएका छन् । टिमसहित पुगेर नगद, सिरक र डसना हस्तान्तरण गरेका गरेको उनको भनाइ छ ।

‘सामाजिक उत्तरदायित्व बहन गर्नेक्रममा भावि दिनमा पनि यो परिवारले कुनै अप्ठ्यारो सामना गर्नुपरेमा थप सहयोग गर्नेछु,’ उनले भने ।

गिरीले फाउन्डेसनबाट सामाजिक सेवा गरिररहेका छन् भने कोशी सुधार अभियानको संयोजक बनेर सार्वजनिक तथा निजी अस्पताल र सामुदायिक विद्यालय सुधार गर्ने, सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने, सरसफाइ र वृक्षारोपणमा सक्रियता जनाइरहेका छन् ।

त्यसबाहेक उनले समय-समयमा विभिन्न टोलमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएका छन्, जसले विपन्न वर्गलाई स्वास्थ्य सेवा उपलब्ध गराउन ठूलो योगदान पुऱ्याएको छ ।

गिरीले कोशी सुधार अभियानमार्फत् विराटनगरका केही निजी तथा सार्वजनिक अस्पतालमा निरीक्षण गर्ने कामलाई तीव्रता दिइरहेका छन् । शिक्षा, स्वास्थ्यलगायत विविध विषयमा सुधार गर्न तम्सिएका गिरीले केही दिनअघि मात्र सुनसरीको बर्जु गाउँपालिका-५ बर्जुमा स्थानीय युवाहरूले गरिरहेको निःशुल्क ट्युसन सेन्टरको अनुगमन गरेका थिए ।

त्यसबाहेक केही दिनअघि सुन्दरहरैंचा नगरपालिकामा-५ स्थित हसिना सिमसार तथा पर्यटकीय क्षेत्रमा केही दिनअघि वृक्षारोपण गर्ने र सरसफाइ गर्ने स्थानीयको काममा सघाउ पुर्‍याएका थिए । हालैमात्र उनले जिल्लास्तरीय फुटबल प्रतियोगितामा सहयोग गरी खेलाडीलाई हौसला प्रदान गरेका थिए ।

उनी भन्छन्, ‘समाजमा सबैले समान अवसर पाउनुपर्छ । गरिबी र असमानताका कारण उत्पन्न हुने समस्याहरूलाई कम गर्नका लागि एक-अर्कालाई सहयोग गर्ने कामलाई निरन्तरता दिएको हुँ ।’

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१२ घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
६ दिनअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०