विराटनगरको कृषि बजारमा बिहीबारदेखि कृषि एक्स्पो हुँदै

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २५ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरमा पहिलोपटक आयाेजना गर्न लागिएको कृषि एक्स्पाेकाे तयारी पूरा भएको छ । निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिले एक करोड रुपैयाँ खर्चेर बिहीबारदेखि कृषि एक्स्पोको आयोजना गर्दै छ ।

बिहीबारदेखि चार दिनसम्म सञ्चालन गर्ने एक्स्पाेकाे तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरी नेपाल उद्योग वाणिज्य महासंघ काेशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले जानकारी दिए ।

Advertisement

विराटनगरकाे तीनपैनीदेखि पूर्वतर्फ रहेको कृषि बजारमा एक्स्पाेमा १३० वटा स्टल रहने छन् । एक्स्पाेमा भारतकाे काेलकत्ता र बिहारका २० वटा कृषिका स्टलहरू रहने उनले बताए ।

एक्स्पाे अवधिभर कृषि, पशुपक्षी, कष्टम हाइरिङ, क्लाइमेट चेन्ज, जैविक मल तथा विषादी बनाउने र प्रयोग विधिलगायत विषयमा नेपाल र भारतका विज्ञकाे सहभागितामा संवाद राखिएको छ ।

कृषि औजारकाे प्रदर्शनी, उन्नतजातका पशुपंक्षीकाे प्रदर्शनी, पशुपंक्षी तथा कृषि उपजकाे प्रतियोगिता खेतदेखि भान्साकाे अनुभव र फुट फेस्टिवल गरिने उनले बताए ।

राउतले नेपाल र भारतका १५ जना कृषि विशेषज्ञले कृषि एक्स्पोमा सहभागिता जनाउँदै कृषि क्षेत्रलाई समयअनुकुल अगाडि बढाउने र किसानलाई फाइदा पुर्‍याउने विषयमा बृहत छलफल हुने जानकारी दिए ।

मेलामा अवलाेकनका लागि बाहिर जिल्लाबाट आउनेका लागि खाना र बस्न निःशुल्क गरिएको अध्यक्ष राउतले बताए । पहाडी जिल्लाबाट अवलोकनका लागि आउने र एकै दिनमा फर्कन नसक्नेका लागि बस्ने र खाने सुविधा दिइएको उनले बताए ।

कृषिमा आत्मनिर्भर बनाउनका लागि सहयोग गर्ने उद्देश्यसहित आयाेजना गरिएको एक्स्पाे सञ्चालनका लागि एक कराेड खर्च लाग्ने राउतले बताए ।

एक्स्पोस्थल कटहरी थोक बजारमा पाँचवटा ब्लक छुट्याइएको छ । जसमा ‘ए’ मा ब्लकमा पशुपक्षी, ‘बी’ ब्लकमा कृषि, ‘सी’ ब्लकमा मेसिनरी, ‘डी’ ब्लकमा फुड स्टल र इ ब्लकमा गोष्ठी तथा परामर्श सेवाका कार्यक्रम सञ्चालन हुनेछन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रिय टोलीमा बोलाइएपछि पाकिस्तान फर्किँदै साहिबजादा फरहान
सोमबार १० कार्तिक, २०८३
Vitamin a
कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
सोमबार १० कार्तिक, २०८३
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०