निर्दयी आमा : पतिको रिसले छोरीहरू सिध्याइन्, आफू पनि विष पिएर जंगलतिर हानिइन्

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ भदौ, २०८१
८ महिनाअघि

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–७ बस्ने दुई छोरीको हत्या गरी फरार रहेकी आमालाई पक्राउ गरी प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा धनकुटा पाख्रीवास नगरपालिका–६ घर भएर सुन्दरहरैंचा–७ मालती टोल बस्ने २१ वर्षीया अस्मिता पौडेलाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

यही भदौ १४ गते बेलुकी पति अर्जुन कार्कीसँग सामान्य विवाद भएपछि अस्मिताले दुई छोरी तीन वर्षीया अर्पना र एक वर्षीया आइंकालाई केराको बगानमा लगी विष सेवन गराएर हत्या गरेको प्रहरीले जनाएको छ ।

दुई बालिकाको शव यही भदौ १५ गते प्रहरीले सुनदरहरैंचा-७ स्थित केरा बगानमा फेला पारेको थियो । प्रहरीले हत्याको आरोपित अस्मितालाई खोजतलासको क्रममा बुधबार झापाबाट पक्राउ गरेको हो ।

बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउ एभरेस्ट बैंकअगाडि हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरी ल्याएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।

आरोपित अस्मितालाई सञ्चारकर्मीको सूचनाको आधारमा पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक कार्कीले बताए ।

आरोपी अस्मिताले श्रीमानले आफूमाथि सधैँ कुटपिट गर्ने र मार्छु भन्ने गरेकाले रिसको झोकमा भदौ १४ साँझ १८ः३० बजे आफूले विष खाइ र छोरीलाई खुवाएकोमा छोरीहरूको मृत्यु भएको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेकी छन् ।

जिल्ला अदालत मोरङबाट घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न चार दिनको म्याद गरिएको प्रहरीले जनाएको छ ।

यसरी भएको थियो घटना :

अस्मिता धनकुटाको पाख्रिबास नगरपालिका–५ घर भइ सुन्दरहरैंचा–७ मा बस्दै आएका अर्जुन कार्कीकी पत्नी हुन् । अर्जुन २ छोरी र पत्नीसहित दिदी सीता रेग्मीको घरमा बस्दै आएका थिए । आइंका र अपर्णा नाबालिका छोरीहरू हुन् ।

अर्जुनले नयाँ घर निर्माण पनि गर्दै थिए । निर्माणाधीन घरमा पानी लगाउने विषयलाई लिएर अर्जुन र अस्मिताबीच विवाद सुरु भएको थियो । पतिसँगको विवादले रिसाएकी अस्मिता शुक्रबार साँझ कलिला नानीहरू लिएर बेपत्ता भएकी थिइन् ।

अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर पतिको मोबाइलमा म्यासेज पठाएकी थिइन् । अस्मिताले प्रयोग गर्ने मोबाइल नाबालिकाहरुको शवनजिकै फेला परेको थियो ।

उनले पहिले मेटासिस पिइन् र छोरीहरूलाई पनि पियाइन् । विष खुवाएर छोरीलाई मारेपछि रातभर विक्षिप्त भएर जंगलतिर भौतारिइन् ।

भोलिपल्ट बेलबारीको खोसार्नेबाट गाडी चढेर बिर्तामोड पुगिन् । बिर्तामोडमा पाँच दिनसम्म जंगलको छेउ र बस्तीनजिक भौतारिएर विक्षिप्त मानसिकतामा हिँडेको थिइन्, उनी ।

मंगलबार राति १ जना शंकास्पद महिलाले स्थानीयको घरमा बास माग्दै हिँडेको भनेर स्थानीय सञ्चारकर्मीले प्रहरीलाई जानकारी दिएको थियो ।

प्राप्त जानकारीकै आधारमा हुलिया विश्लेषण गर्दै खोजी गर्दा अस्मितालाई जीवितै फेला पार्न प्रहरी सफल भएको हो ।

प्रहरीका अनुसार अस्मिता केही मानसिक समस्यामा रहेजस्तो पनि देखिन्छ । अस्मिताले आफूले पनि विष सेवन गरेको बयान दिएकी छन् ।

उनका भनाइअनुसार पतिसँग बारम्बार झैझगडा र विवाद हुने गरेको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमपछि दुवै नाबालिकाको शवको अन्त्येष्टि गरिसकिएको छ । बाबु अर्जुन उनीहरुको काजकिरियामा छन् ।

प्रकाशित समय: बुधबार १९ भदौ, २०८१, २०:३४:३७

सम्बन्धित खबर

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक

मङ्गलबार ९ ब‌ैशाख, २०८२
२२ घण्टाअघि

कारमा राखिएको एक क्विन्टल गाँजा बरामद, प्रहरीलाई देख्नेबित्तिकै टाप ठोके चालक

आईतबार ७ ब‌ैशाख, २०८२
३ दिनअघि

हुम्लामा स्काभेटर दुर्घटना हुँदा २ जनाको मृत्यु

सोमबार १ ब‌ैशाख, २०८२
१ हप्ताअघि

१६ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने दुई महिला पक्राउ, चार वर्षयता गराउँदै थिए यौन धन्दा

बिहिबार २७ चैत, २०८१
२ हप्ताअघि

ग्रामथानकी १५ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

सोमबार २४ चैत, २०८१
२ हप्ताअघि

प्रधानमन्त्री ओली र थाइल्याण्डका समकक्षीबीच आज भेटवार्ता, केही सम्झौता पत्रमा हस्ताक्षर हुने

बुधबार १९ चैत, २०८१
३ हप्ताअघि
भोजपुरमा चालक नभएको ट्र्याक्टर भिरबाट खस्दा बालकको मृत्यु, चालक फरार
बुधबार १० ब‌ैशाख, २०८२
विश्वकप लिग–२ का लागि ‘कोर क्याम्प’ : सन्दीप लामिछाने फेरि कप्तान
बुधबार १० ब‌ैशाख, २०८२
धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०