खोटाङमा पोखरीमा डुबेर दाजु बहिनीको मृत्यु, शोकमा छन् परिवार

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ११ भदौ, २०८१
२ वर्षअघि
काठमाडौँमा भेटिएका दुई शव

खोटाङ । खोटाङमा एउटै घरका दुई बच्चाको पोखरीमा डुबेर मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका बालक दाजु बहिनीको पोखरीमा डुबेर मृत्यु भएको हो ।

च्यास्मिटार बाङ्माका गयन्द्र राई र ममता राईका ६ वर्षका छोरा संगम राई र साढे २ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertisement

बालक दाजु बहिनी दिउँसो २ बजे घरबाट हराएका थिए । आमा ममता खोज्दै जादा ५ः४५ को समयमा पोखरीमा डुबिरहेको अवस्थामा बच्चालाई भेटिएको थियो ।

सामान्य हात खुट्टा चलाइरहेको अवस्थामा भेटिएका बच्चालाई आमाले घर ल्याएको प्रहरीको भनाइ छ । घरमा ल्याउने बित्तिकै दुइवटै बच्चाको मृत्यु भएको जानकारी पाएको डिएसपी पुरुषोत्तम खड्काले बताए ।

घटनाको विषयमा जानकारी पाउनसाथ च्यामिटार प्रहरी चौकीबाट प्रहरी पुगेका छन् । घटनाको अनुसन्धान एवं कानूनी प्रक्रियाका लागि आफ्नै नेतृत्वमा जिल्लाबाट प्रहरी टोली जाँदै गरेको उनको भनाइ छ ।

खानेपानीको मुहानसमेत रहेको उक्त स्थानमा सिँचाइका लागि पोखरी निर्माण गरिएको थियो । हिउँदको समयमा स्थानीय उक्त मुहानमा खानेपानी लिन जाने गरेका थिए ।

हाल बर्खामा गाउँमै अर्को मुहानमा पानी भएकाले उक्त पोखरी भएको ठाउँमा खासै मान्छे जाँदैन थिए । सुनसान ठाउँमा रहेको पोखरीमा डुबेर दुई बच्चाको ज्यान गएको स्थानीय रसकुमार राईले बताए ।

मृतक अर्जुन सोही स्थानका जनहित आधारभूत विद्यालयको कक्षा–५ मा तथा राज कक्षा–४ मा अध्ययनरत रहेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।  बुबा गयन्द्र रोजगारीका लागि हाल विदेशमा छन् । गयन्द्र र ममताको दुवै सन्तानको पोखरीमा डुबेर मृत्यु भएपछि अहिले गाउँ नै शोकमा डुबेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०