सामाजिक सेवामा जनकका विद्यार्थी, मानव सेवा आश्रममा पस्किए खाना

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ भदौ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–२ झोराहटस्थित जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले बेसाहाराहरूको आश्रयस्थल बनेको मानव सेवा आश्रमलाई सहयोग गरेका छन् ।

जनकमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले आइतबार विराटनगर महानगरपालिका–१० तीनटोलियामा रहेको मानव सेवा आश्रमलाई विभिन्न खाद्यान्नहरू सहयोग गरेका हुन् । करिब १२ किलोमिटर बाटो छिचोल्दै आज बिहान तीनटोलिया आइपुगेर जनकका विद्यार्थीहरूले असाहाराहरूलाई खाना पस्किए ।

Advertisement

सडक मानव, अपाङग, असहायहरूको बसोबास रहेको उक्त आश्रममा जनकका विद्यार्थीहरूले पस्किएको खाना खाएर बेसहाराहरू खुसीले गदगद देखिन्थे । उनीहरूले कलिला विद्यार्थीहरूलाई आशीर्वाद दिए ।

करिब दुई घण्टा मानव सेवा आश्रममा बिताउन पाउँदा र बेसहाराहरूलाई सहयोग गर्न पाउँदा खुसी लागेको जनककी छात्रा सलिना माझीले बताइन् ।

आश्रममा आश्रित बेसहराहरूलाई सहयोग गर्न अरूलाई पनि सुझाव दिने जनकका छात्र विशाल पुर्वेले सुनाए ।

स्कुलका प्रिन्सिपल सुनील भगतले विद्यार्थीलाई कक्षाकोठाबाहिरको वास्तविक संसार देखाउने र सामाजिक कार्यमा पनि विद्यार्थीको अग्रसरता बढाउन मानव सेवा आश्रम आइपुगेको सुनाए । स्कुले उमेरदेखि नै सामाजिक कर्तव्य र जिम्मेवारीप्रति सचेत बनाउन पनि विद्यार्थीकै आग्रहमा आश्रममा सेवा गर्न आएको उनको भनाइ थियो ।

तथापि, आश्रमको दैनिकी बाहिरबाट सोचेजस्तो नभएको उल्लेख गर्दै उनले यहाँ रहेका दीनदुखीहरूको सहयोगमा कुनै कन्जुस्याइँ नगर्न अरूलाई अपिल गरे । जनकका शैक्षिक प्रमुख सुरज अधिकारी र अरू चार शिक्षक अनि ४५ विद्यार्थीको टोली आश्रम पुगेको थियो ।

विराटनगर–१० मा विसं २०७६ बहालको घरबाट स्थापना भएको आश्रममा बालक, जेष्ठ नागरिक, सडक मानव, अपाङग, असहायहरूले आश्रय लिने गरेका छन् ।

मुख्यतः बेसाहारा एवम् असाहय भई भोकभोकै सडक पेटीमा वसोवास गर्नेलाई सहारा दिने उद्देश्यले आश्रममा राखिएको छ । प्रदेश सरकार, स्थानीय निकाय र समाजसेवी एवम् दाताहरूको सहयोगबाट आश्रमको दैनिक कार्य सञ्चालन भइरहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
११ घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
२ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
६ दिनअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०