सुनसरीमा एउटै मोटरसाइकलमा चालकसहित ६ जना चढेपछि भयानक दुर्घटना !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २२ साउन, २०८१
२ वर्षअघि

विराटनगर । सुनसरी जिल्लाको हरिनगर गाउँपालिका-७ मा मोटरसाइकल दुर्घटना हुँदा पाँच जना बालबालिका घाइते भएका छन् ।

सुनसरीमा एउटै मोटरसाइकलमा चालकसहित ६ जना चढेपछि भएको दुर्घटनामा एक बालिका गम्भीर घाइते भएकी छन् भने अरू चार जना घाइते भई उपचाररत छन् ।

Advertisement

हरिनगर-७ स्थित भुजा मिलनजिकै भित्री पक्की सडकमा हिजो दिउँसो करिब ३:५० बजे उक्त दुर्घटना भएको थियो ।

स्थानीय नेशनल आइडियल स्कुलबाट बच्चाहरूलाई घर लैजाने क्रममा स४प १३७८ नम्बरको १२५ सिसी मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूमध्ये ६ वर्षीया सजिया खातुनको अवस्था गम्भीर रहेको र उनी बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।

मोटरसाइकल चालक हरिनगर-७ का १८ वर्षीय एफुजुल्ला मियाँ, पछाडि सवार १७ वर्षीय हेजेतुल्ला मियाँ, १० वर्षीय ईदायक तुल्ला मियाँ, आठ वर्षीया हुजा खातुन घाइते भएका छन् ।

सबै घाइतेहरूलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा लगिएको छ । प्रहरीले मोटरसाइकललाई नियन्त्रणमा लिएको र थप अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट यो दुर्घटना ट्राफिक नियम उल्लंघनका कारण भएको हुनसक्ने देखिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०