कोशी प्रदेशमा ९५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २० साउन, २०८१
२ वर्षअघि

विराटनगर । कोशी प्रदेशमा साउन दोस्रो सातासम्ममा धान रोपाइँ करिब-करिब अन्तिम चरणमा पुगेको छ ।

उद्योग, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता पशुपति पोखरेलले साउन १८ गतेसम्मको तथ्यांकअनुसार ९५.१ प्रतिशत धान रोपाइँ भएको जानकारी दिए ।

Advertisement

उनका अनुसार धान उत्पादन हुने कुल क्षेत्रफलको ९५.१ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको हो । यो समयसम्मको आँकडा हेर्दा अघिल्लो वर्षको भन्दा धेरै रोपाइँ हो ।

अघिल्लो वर्ष साउनको दोस्रो सातासम्ममा ९०.५२ प्रतिशत रोपाइँ भएको प्रवक्ता पोखरेलले शब्द एक्सप्रेसलाई जानकारी दिए ।

कोशी प्रदेशमा दुई लाख ७६ हजार ३८६.७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । त्यसमध्ये अहिलेसम्म दुई लाख ६२ हजार ६०४.४६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

प्रदेशको तराईका जिल्लामा ९६.६० प्रतिशत, मध्यपहाडमा ९१ प्रतिशत र उच्च पहाडमा ९२.७१ प्रतिशत स्थानमा रोपाइँ भएको छ ।

ताप्लेजुङमा पाँच हजार ६६६.३३ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा नियमित वर्षा हुँदा ९६.५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

आठ हजार ४९२.६३ हेक्टर क्षेत्रफलमा सङ्खुवासभामा धान खेती हुँदै आएकोमा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै सोलुखुम्बुमा एक हजार २२५ हेक्टरमा धान खेती हुँदै आएकोमा ९३.९९ प्रतिशत रोपाइँ भएको छ ।

पाँचथर जिल्लामा पाँच हजार ८४८.९६ हेक्टरमा धान खेती हुने गरेकोमा साउन १७ सम्म ८८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

इलाममा ११ हजार ६२.६४ हेक्टरमा धान खेती हुने गरेकोमा समयमा वर्षा र मल पाएकाले ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

१२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती गरिने भोजपुरमा ९० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको कृषि विकास निर्देशनालय कोशी प्रदेशले जनाइएको छ ।

तेह्रथुममा छ हजार ६१५ हेक्टरमा धान खेती गरिँदै आएकोमा ८० प्रतिशतमा मात्रै रोपाइँ भएको छ ।

चार हजार ९३८.८९ हेक्टर क्षेत्रफलमा धान खेती हुने धनकुटामा मकै भित्र्याउने क्रम चलिरहेकाले ८१ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

उदयपुरमा १३ हजार ३८०.०५ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ, जसमध्ये समयमा वर्षा हुँदा यहाँको ९६ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

ओखलढुङ्गामा ९२ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

झापा र मोरङमा अधिकतर स्थानमा धान रोपाइँ भएको छ । झापामा ९६.३३ र मोरङमा ९८ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ ।

त्यस्तै सुनसरीमा पनि करिब ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । कोशी प्रदेशमा कुल खेतीयोग्य क्षेत्रफल आठ लाख २६ हजार ६४६ रहेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०