तिमी भए बिहानीमा
चिया भए खाजा चाहिँदैन
मसँग हात समाएर हिँडिदिए
गाडी-घोडा चाहिँदैन ।
एउटा फूल टिपी ल्याइदिए पुग्छ मलाई
उपहार केही चाहिँदैन
यसै हराउँछु,
तिमी बोलिदिए पुग्छ मलाई
गीत-संगीत चाहिँदैन ।
थोरै ठाउँ तिम्रो अंगालोमा दिए पुग्छ
म त यसरी पनि जिउन सक्छु
मलाई घर चाहिँदैन
खुसी मसँग आएर साटिदिए पुग्छ मलाई
धन चाहिँदैन ।
मेरा चाहनाहरू
तिमीमा नै गएर खतम हुन पुग्छ
मलाई अरू कोही चाहिँदैन,
बस तिमी भए पुग्छ !
सबिता खनाल-विराटनगर-३