‘राठीकोल’को ब्रान्ड एम्बासडरमा राजेश हमाल

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ८ असार, २०८१
२ वर्षअघि

विराटनगर । राठी ग्रुपको एक प्रमुख उत्पादन ‘राठीकोल’को ब्रान्ड एम्बासडरमा अभिनेता राजेश हमाल नियुक्त भएका छन् ।

महानयकका रूपमा परिचित हमाल र राठी ग्रुपका अध्यक्ष अरुणकुमार राठीबीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

Advertisement

सम्झौताअनुरूप हमालले अबको एक वर्षसम्म ‘राठीकोल’का विभिन्न विज्ञापनहरूमार्फत् यसको प्रचार गर्नेछन् ।

कार्यक्रममा बोल्दै राठी ग्रुपका अध्यक्ष राठीले ‘राठी’ ब्रान्डले चलचित्रमा हमालको उत्कृष्ट विरासतलाई सदैव सम्मान गर्ने बताए ।

हमाललाई ब्रान्ड एम्बासडरको रूपमा स्वागत गर्दै उनले यो सहकार्यले नेपाली चलचित्र र समाजको लागि महानायकको प्रतिबद्धता र ‘राठिकोल’को उत्कृष्टताको प्रतिबद्धतासँग उत्तम रूपमा मेल खाने विश्वास व्यक्त गरे ।

राठीकोल गुणस्तरीय चिपकने पदार्थ (एढेसिभ) उत्पादन गुणस्तरको हिसाबमा पनि पहिलो र उत्पादनको हिसाबमा पनि पहिलो रहेको बताउँदै उनले पछिल्लो समय यो उत्पादनलाई लाखौँ कालिगडहरूले विश्वास गरेर प्रयोग गरिरहेको सुनाए ।

‘हजारौँ बिक्रेताहरूले बेचिरहेका छन्, विगत ३५ वर्षदेखि निरन्तर प्रयोग हुनु भनेको सानो कुरा होइन । विदेशी कम्पनीहरूको उत्पादनले लिएको बजारको प्रतिस्पर्धामा हामीले राठीकोललाई स्थापित गर्न सक्षम भएका छौँ,’ उनले भने ।

उनले राठीकोल नेपालको हिमालदेखि तराईसम्मका सबै मौसमहरू र जुनसुकै तापक्रममा उपयुक्त हुने उनको भनाइ थियो ।

अभिनेता हमालले ‘राठीकोल’लाई ‘नेसनल प्राइड’ को रूपमा सम्बोधन गर्दै नेपालमा यो गुणस्तरको उत्पादन हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको बताए ।

राठीकोलका सिइओ योगेश राठीले हमालको चलचित्र यात्रा र राठीकोलको उत्पादनको यात्रा बराबर ३५ वर्ष रहेको उल्लेख गर्दै निरन्तर सहकार्यमा रहने उनको भनाइ छ ।

राठी ग्रुपको इतिहास एक सय ३० वर्ष पुरानो रहेको र सामान्यतया स्विच, केबल, बल्ब, हार्डवेयर र राठीकोलका लागि चिनिँदै आएको छ ।

‘राठीकोल’ राठी ग्रुपको एक प्रमुख उत्पादनमध्ये एक हो । यसको उत्पादन मुख्यतया फर्निचर बनाउने काममा प्रयोग हुने काठको कामका लागि प्रयोग हुन्छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सुनको मूल्य घट्यो, तोलाको २ लाख ९८ हजार ६ सयमा कारोबार

शुक्रबार ९ असोज, २०८३
२ दिनअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
१ हप्ताअघि

जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव

बुधबार ३१ भदौ, २०८३
१ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
३ हप्ताअघि

सुनको मूल्य तोलामा ४ हजार ८ सय रुपैयाँले बढ्यो

आईतबार २४ साउन, २०८३
२ महिनाअघि

प्रमुख निर्यातमुखी उद्योगीसँग आज प्रधानमन्त्री बालेनको छलफल

शुक्रबार ८ साउन, २०८३
२ महिनाअघि
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर प्रधानमन्त्री शाह स्वदेश फर्किए
शनिवार १० असोज, २०८३
जाडो मौसम नजिकिँदै छ, स्वास्थ्यको ख्याल कसरी राख्ने?
शनिवार १० असोज, २०८३
नागरिकता अभिलेखमा किर्ते  गएकोले आरोपमा स्याङ्जा प्रशासनका तीन कर्मचारीमाथि छानबिन
शनिवार १० असोज, २०८३
होर्मुज जलमार्ग खोल्ने इरानको सातदिने प्रस्ताव, ट्रम्पले अस्वीकार गरेको रिपोर्ट
शनिवार १० असोज, २०८३
विराटनगरमा असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने
शनिवार १० असोज, २०८३
‘धुन्चे, स्याफ्रुबेंसी, टिमुरे, बेत्रावतीलगायतका क्षेत्रमा बस्ती बसाल्न सम्भव छैन’
शनिवार १० असोज, २०८३
मधेस र कोशी सरकारबिच आर्थिक सहकार्यको समझदारी
शनिवार १० असोज, २०८३
अभ्यास खेलका लागि भुटानको क्रिकेट टोली नेपालमा
शनिवार १० असोज, २०८३
नारायणीको बाढीले सुस्तामा डेढ सयभन्दा बढी घर डुबानमा, १६३ जनाको उद्धार
शनिवार १० असोज, २०८३
लगातारको वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
शनिवार १० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०