रतुवामाईमा विदेश जान अचम्मको ‘प्रपञ्च’ : जीवित बुबाको मृत्यु दर्ता, आमाको अर्कैसँग विवाह दर्ता !

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको रतुवामाई नगरपालिमा विदेश जानका लागि अचम्मको प्रपञ्च रचिएको पाइएको छ ।

रतुवामाई-७ नम्बर वडाका पवन लिम्बूले विदेश जानका लागि जीवित बुबाको मृत्यु दर्ता गरेर आमाको अर्कैसँग विवाह दर्ता गराएका हुन् ।

Advertisement

पवनले जीवित बुबा जितबहादुर लिम्बूको मृत्यु भएको भनी घटना दर्ता गराएर आमा होमादेवी लिम्बूलाई पदमबहादुर लिम्बूसँग विवाह दर्ता गराएका हुन् ।

पवनले २०८१ वैशाख २३ गते जितबहादुर लिम्बूको मृत्यु भएको भनी वडा कार्यालयमा निवेदन दिएका थिए । सोही दिन होमादेवी लिम्बू सूचक भएर छोरा विपन सुब्बा लिम्बूको जन्मदर्ता प्रमाणपत्र लिइएको देखिन्छ ।

जितबहादुर र होमादेवी दम्पती हुन् । तर सोही होमादेवी लिम्बू दुलही र पदमबहादुर लिम्बू दुलाहा भएर निजहरूले विवाह दर्ता प्रमाणपत्रसमेत लिएका छन् ।

विवाह दर्तामा होमादेवीका श्रीमानको नाम पदमबहादुर लिम्बू भए पनि मृत्यु दर्तामा भने जितबहादुर लिम्बू उल्लेख छ ।

विवाह दर्ता र मृत्यु दर्तामा नाम फरक भए पनि जितबहादुर र पदमबहादुरको नागरिकता नम्बर भने एउटै (७५६४–२६३) नै छ ।

अझ रोचक पक्ष के छ भने विवाह दर्तामा पदमबहादुरको बाबुको नाम शेरबहादुर लिम्बू छ भने मृत्यु दर्तामा सिंहबहादुर लिम्बू छ ।

यस विषयमा सोध्दा रतुवामाई नगरपालिकाका प्रवक्ता भुलबहादुर कार्कीले वास्तविकता छानबिन गरी कारबाही अगाडि बढाइने बताए ।

वडा सचिव सरोज ढकालले तीनवटै दर्ता प्रक्रिया अगाडि बढाएकाले यसको छानबिन हुने नगरपालिकाले जनाएको छ ।

यस्ता घटना हङकङ, बेलायत, अमेरिकालगायतका स्थानमा विदेसिनका लागि हुने गरेको पाइन्छ । आर्थिक प्रलोभनमा परेर कर्मचारीहरूले जथाभाबी कागजात बनाइदिने गरेको पाइन्छ ।

सरकारले वास्तविक विवरणसहितको राष्ट्रिय परिचयपत्र दिन सुरु गरेसँगै यस्ता फर्जी र नक्कली घटनाहरू बाहिरिन थालेको छ भने कागजात मिलाउन उनीहरूलाई समस्या पर्ने गरेकाले सम्पर्कविहीन हुने गरेको स्थानीयको आरोप छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१ दिनअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
१ हप्ताअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०