सात वर्षयता विद्यालय नगएका प्रधानाध्यापक, जसले लिँदैछन् नियमित तलब-भत्ता

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २८ जेठ, २०८१
२ वर्षअघि

कालिकोट । कालिकोटको कालिका माध्यमिक विद्यालय पिलीका प्रधानाध्यापक हंसबहादुर शाही विगत सात वर्षदेखि विद्यालयमा छैनन् ।

काठमाडौँमा बस्दै आएका उनले राज्य कोषबाट तलब भत्ता भने बुझ्न छाडेका छैनन् । विद्यालयको अभिलेखमा उनी आठ वर्षदेखि विद्यालयमा उपस्थित छैनन् ।

Advertisement

विद्यालय भने सहायक प्रधानाध्यापक खेमराज शाहीलाई जिम्मेवारी दिएका छन् ।

कानुनी रूपमा अहिले पनि हंसबहादुर शाही कालिका माविको प्रधानाध्यापक नै हुन् ।

कालिका माविका विद्यालय व्यवस्थापन समिति विद्यालयमा हाजिर नहुने भए राजीनामा दिन भने पनि अटेर गरेर तलब भत्ता लिँदै नेताको दबाब लगाउने गरेको पूर्वअध्यक्ष पुत्रबहादुर मल्लले बताए ।

कालिका माविको आधिकारिक प्रधानाध्यापक भएर सेवा सुविधा लिने गरिरहेका वडाध्यक्ष तथा विद्यालयका पदेन सदस्य दीपकराज कार्कीले बताए ।

‘राजीनामा दिनु भन्दा दिनुभएन, त्यसैले सट्टामा शिक्षक राखिएको हो,’ अध्यक्ष कार्कीको भनाइ छ,’सरुवा हुन भने पनि उहाँले अटेर गरेर उल्टै सट्टामा शिक्षक राख्न सुझाउनुभयो ।’

समितिले शाहीको सट्टामा सूर्यबहादुर मल्ल र सुनकेसा कार्कीलाई सट्टा शिक्षक राखेको छ ।

तलब भत्ता शाहीकै खातामा जाने र उनले सामान्य खर्चबाहेक अरू रकम नदिने गरेकाले सट्टा शिक्षक सूर्यबहादुर मल्ल र सुनकेस्रा कार्कीले सामान्य खर्चमा आफूले पढाउने नसक्ने अडान लिएपछि बल्ल गत वर्षबाट सट्टा शिक्षककै खातामा तलब जाने बनाइएको छ ।

विद्यालय व्यवस्थापन समिति र प्रशासनले शिक्षक शाहीको पेन्सन र सामाजिक भत्ता खातामा हाल्ने र बाँकी रकम सम्बन्धित सट्टा शिक्षकलाई दिने गरेको छ ।

तर यो कानुनविपरीतको कार्य भएको भन्दै स्थानीयहरूले विरोध जनाएका छन् । सट्टा शिक्षक राख्न नपाउने र सेवा अवधि बढाएर राज्यलाई नोक्सान बनाएको भन्दै तत्काल राजीनामा दिन माग गरेका छन् ।

खाँडाचक्र नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख जसिप्रसाद चौलागाईले ऐन कानुनमा सट्टा शिक्षक राख्न नपाउने र काम नगर्ने शिक्षकलाई कानुनी कारबाही सुरु गर्ने बताए ।

शिक्षक शाहीले महँगी, पोसाक भत्ता, चाडबाड खर्च सबै विद्यालयबाटै लिने गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०