विराटनगर । पेट्रोल छर्किएर आफैंलाई आगो लगाएका मोरङको विराटनगर महानगरपालिका-२ का एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
स्थानीय ३९ वर्षीय पवनकुमार कामतले मंगलबार साँझ ७ः४० बजेतिर पेट्रोल खन्याएर आफ्नै शरीरमा आगो लगाउँदै आत्महादको प्रयास गरेका थिए ।
विराटनगर-७ हरियाली टोलमा आफ्नै शरीर जलाउने प्रयास गरेका उनको बिहीबार उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जनाए ।
कोशी अस्पतालमा उपचारका क्रममा आज दिउँसो १ बजेतिर उनको मृत्यु भएको डिएसपी बस्नेतले जानकारी दिए ।
आत्मदाहको प्रयास गरेका कामतको ७० प्रतिशत शरीरको भाग आगोले जलेको थियो ।
प्रहरीका अनुसार कामत केही समयदेखि पारिवारिक तनावमा रहेको पाइएको थिए । केही दिनअघि पत्नीसँग समेत सम्बन्धविच्छेद भएको प्रहरीको भनाइ छ ।