मोरङ कारागारमा गिरी फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविर, पाँच सयभन्दा बढी लाभान्वित

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १२ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । विराटनगरस्थित गिरी फाउन्डेसनले मोरङ कारागारमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढी कैदीबन्दी लाभान्वित भएका छन् ।

शनिबार फाउन्डेसनले पारस हस्पिटलको समन्वयमा गरेको शिविरमा पाँच सयभन्दा बढी कैदीबन्दीहरूले सेवा लिएका हुन् ।

Advertisement

स्वास्थ्य शिविरमा थाइराइड, ब्लडप्रेसर, सुगर, दम र छालासम्बन्धी रोगलगायतको परीक्षण गरिएको पारस हस्पिटलका वरिष्ठ फिजिसियन डाक्टर सन्दीप पन्तले जानकारी दिए ।

विशेषगरी गर्मीका कारण हुने स्वास्थ्य समस्या अनि छालासँग सम्बन्धित रोगले ग्रसित बिरामीको संख्या अधिक रहेको डा. पन्तको भनाइ छ ।

फाउन्डेसनले निःशुल्क रूपमा औषधिसमेत वितरण गरेको थियो ।

महँगो अस्पताल पुगेर खर्चिलो उपचार सेवा लिनबाट बञ्चित बिरामीहरूले सुलभ र सहज उपचार सेवा पाएको कैदीबन्दीले प्रतिक्रिया दिएका छन् ।

विशेषतः भौतिक संरचनाको अभावमा क्षमताभन्दा धेरै कैदीबन्दी अटाउनुपर्ने बाध्यता रहेको मोरङ कारागारमा बिरामी हुँदा सरकारी अस्पताल पुर्‍याइने गरिएको छ ।

तर, त्यहाँ अपेक्षाअनुरूप सेवा पाउँदैनन् । अनि, आर्थिक रूपले कमजोर बिरामी कैदीबन्दी निजी अस्पताल जान सक्दैनन् ।

त्यस्ता कैदीबन्दीलाई यो स्वास्थ्य शिविरबाट धेरै फाइदा पुगेको जेलर चेतराज बरालले बताए ।

गिरी फाउन्डेसनले विराटनगर–११ स्थित पारस मल्टिस्पेसियालिटी हस्पिटलसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिरहेको छ ।

गत शनिबार फाउन्डेसनले विराटनगर महानगरपालिका–९ स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा शिविर आयोजना गरेको थियो, जसमा एक सय १० जनाले सेवा पाउँदा दुई लाख रुपैयाँ बराबरको औषधि वितरण भएको थियो ।

सो शिविरमा विराटनगर महानगरप्रमुख नागेश कोइराला, वडा नम्बर ९ का वडाध्यक्ष विश्वनाथ प्रसाद भगतले पनि स्वास्थ्य जाँच गराएका थिए ।

त्यसअघि विराटनगर–८ मा रहेको श्री ज्ञानकुञ्च आधारभूत विद्यालयमा, विराटनगरस्थित जिल्ला प्रहरी कार्यालयमा र विराटनगर–१ स्थित परोपकारघाटमा स्वास्थ्य शिविर चलाएको थियो ।

समाजसेवामा सक्रिय बनेका अभिषेक गिरीले स्थापना गरेको फाउन्डेसनले विपन्न वर्गका बिरामीलाई मध्यनजर गर्दै शिविर आयोजना गरेको हो ।

निःशुल्क शिविरको पाँचौं संस्कणसम्म आइपुग्दा सेवाग्राहीबाट राम्रो प्रतिक्रिया आएको पारस हस्पिटलका प्रबन्ध निर्देशक हेमनारायण मेहताले बताए ।

अस्पतालको पहुँचबाट टाढा रहेका विपन्न वर्गका सर्वसाधारणलाई मध्येनजर गरेर शिविरको आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीको भनाइ छ ।

मौलिक हकअन्तर्गतको स्वास्थ्य अधिकारबाट नागरिक बञ्चित भइरहेको बताउँदै उनले सरकार तथा सम्बन्धित निकायको ध्यान खिच्न पनि शिविर चलाइरहेको बताए ।

आगामी दिनमा वृद्धाश्रमलगायत ठाउँमा शिविरको आयोजना गर्ने उनको योजना छ ।

पछिल्लो समय गिरी स्वास्थ्य क्षेत्रको पहुँचमा सर्वसाधारणलाई पुर्‍याउन अनि शैक्षिक सुधारका लागि खटिइरहेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?

शनिवार १ कार्तिक, २०८३
१७ घण्टाअघि

न्यायाधीश रणबहादुर बम हत्या प्रकरणमा जन्मकैद सजाय पाएका बाबु थापा पक्राउ

बिहिबार २९ असोज, २०८३
३ दिनअघि

बुढीगण्डकी बाढीले दुई पुलमा ठूलो क्षति, सडक विभागद्वारा प्राविधिक अध्ययन सुरु

आईतबार २५ असोज, २०८३
७ दिनअघि

७०० हप्तामा बागमती सफाइ अभियान, पशुपतिसम्म नदीलाई स्नानयोग्य बनाउन माग

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि

मुग्लिन–काठमाडौँ सडक अवरुद्ध भएपछि नयाँ समयतालिका लागू

शनिवार २४ असोज, २०८३
१ हप्ताअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०