विराटनगर । कलाकार दम्पती लक्ष्मी बर्देवा र जीवन भट्टराईलाई पुत्र लाभ भएको छ । वैशाख ३१ गते काठमाडौँ मोडेल अस्पतालमा उनले छोरालाई जन्म दिएकी थिइन् ।
छोराको नाम ‘यशकृत’ राखिएको छ । लक्ष्मी र जीवनले चार वर्ष लामो प्रेम सम्बन्धलाई २०७५ सालमा विवाहमा परिणत गरेका थिए ।
दुवै फिल्म अभिनयको अलवा म्युजिक भिडिओमा अभिनय र निर्देशन गर्दै आएका छन् ।
लक्ष्मी र जीवनको जोडी कलाकारिताको माध्यमबाट जातीय छुवाछुतविरुद्धको आन्दोलनमा सघाउ भूमिका खेल्दै आएको जोडी हो ।
उनीहरूको भेट एन्टेना फाउन्डेसनले गरेको रेडियो नाटकका क्रममा भेट भएको थियो ।
सुरुमा दिदी–भाइजस्तो सम्बन्धमा भेटिएका उनीहरूको सहकार्यले प्रेम, लिभिङ टुगेदर हुँदै विवाहसम्मको रूप लियो ।
प्रेम हुँदादेखि नै उनीहरूले आफ्नो प्रेमले सफलता पाउला भन्ने सोचेका थिएनन्, तर उनीहरूले २०७५ सालतिर आफ्नो प्रेमलाई विवाहमा रूपान्तरण गरेका थिए ।