विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा सिटीसफारीमा सवार दुई महिलासहित तीन जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३ जेठ, २०८१
२ वर्षअघि

विराटनगर । मोरङको विराटनगरमा मोटरसाइकलले ठक्कर दिँदा सिटीसफारीमा सवार दुई महिलासहित तीन जना घाइते भएका छन् ।

बुधबार साँझ ५:४० बजेतिर विराटनगर महानगरपालिका-४ औषधि विभागअगाडि कोशी लोकमार्गमा मोटरसाइकलले सिटीलाई ठक्कर दिएको थियो ।

Advertisement

आयल निगमबाट ढाटतर्फ जाँदै गरेको प्र १-०२-०४७ प १३९ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको प्र १-०२-००४ ह ०८२३ न.को सिटी सफारीलाई ठक्कर दिएको हो ।

उक्त दुर्घटनामा सिटीमा सवार रहेकी विराटनगर-५ बस्ने ३३ वर्षीया दीपा श्रेष्ठ र सोही स्थानकी ३७ वर्षीय रस्मी घिमिरे घाइते भएकी हुन् ।

घाइते दुवै जनाको विराट नर्सिङहोम, विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैगरी, मोटरसाइकलमा पछाडि सवार सुन्दरहरैंचा नगरपालिका-६ बस्ने ३७ वर्षीय निलकण्ठ राईको ओठ काटिएको छ ।

उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सिटी चालक बूढीगंगा गाउँपालिका-१ का अन्दाजी ३५ वर्षीय प्रकाश घिमिरे र मोटरसाइकल सुन्दरहरैंचा-६ बस्ने अन्दाजी ३२ वर्षीय अम्बरबहादुर लिम्बु उपचारमा संलग्न रहेका छन् ।

मोटरसाइकल तीव्र गतिमा कुदाएका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख गरिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०