ठग्न पल्किएकी अञ्जली, जो बालबालिकालाई फकाएर अश्लील क्रियाकलापमा संलग्न गराउँथिन्

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १ जेठ, २०८१
२ वर्षअघि

काठमाडौं । बालबालिकालाई फकाएर अश्लील क्रियाकलापमा संलग्न गराउने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-६ भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका-४ माकलबारी बस्ने १९ वर्षीय अञ्जली अधिकारी रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जनाए ।

बालबालिकालाई आर्थिक प्रलोभनमा पारी अनलाइन टाइपिङको रोजगारी उपलब्ध गराउने भनी अश्लील क्रियाकलापमा संलग्न गराएको आरोपमा अधिकारी पक्राउ परेकी हुन् ।

उनले विपन्न परिवारका बालबालिकालाई सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत ‘फ्रि लाइभ सेक्स क्याम्स् एण्ड एडल्ट च्याट विथ नेक्ड् गल्स’ मा विभिन्न एकाउन्टहरू खोली सोही एकाउन्टमार्फत लाइभ भिडियो च्याटमा बसाउँथिन् ।

च्याटमा कस्टोमरहरूसँग अश्लील कुराकानी गर्न लगाउने गरेको खुलेको रेग्मीले बताए ।

उनका अनुसार बढी आम्दानी गर्नका लागि टोकन अर्न गर्नुपर्ने र सो को लागि आफ्नो शरीरको कपडा खोली यौनांगसमेत प्रदर्शन गर्नेलगायतका सामाग्री निर्माण गर्ने भन्ने सूचनाको आधारमा अधिकारीलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकी उनीमाथि बालबालिका सम्बन्धी ऐन, २०७५ को परिच्छेद ८ को दफा ३ बमोजिमको कसुर मुद्दामा आवश्यक कारबाहीका लागि प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीसँगै भिभो कम्पनीको मोबाइल एक थान, डेल कम्पनीको ल्यापटप एक थान, वेब क्यामरा एक थान र पारदर्शी कपडा चार थान बरामद गरिएको छ ।

प्रकाशित समय: मङ्गलबार १ जेठ, २०८१, ०६:०६:००
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०